News Portal

वाह ! मेयर साब : जसले गरे बेवारिशे शिशुको उद्धार

हिमाली संचार संवाददाता
४६२ पटक

उर्लाबारी, २६ चैत : मोरङको उर्लाबारीस्थित मावाखोलाको पुलमुनि सोमबार दिउँसो भेटिएको एउटा बेवारिसे शिशुलाई उर्लाबारीका मेयर खडग फागोले उद्धार गरी अस्पताल पठाएका छन ।

बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसैले जन्माएर छोडेको अबस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेको थियो । शिशुलाई प्रहरीले गोदावरी हस्पिटल लगेपछि मेयर खड्ग फागोले थप उपचार र बच्चाको उद्दारको लागि नोबेल हस्पिटल विराटनगरलाई अनुरोध गरी निशुल्क उपचारको व्यवस्था मिलाईदिएका छन ।

मेयर फागोले नानीको उपचारमा खटिनुहुनेहरुलाई सहयोगको लागि नगद ५ हजार सहयोग गर्नुभएको छ । बच्चाको स्वास्थ्यमा सुधार होस भनेर नोबेलमा उपचारको लागि भनेको छु, उपचार निशुल्क हुन्छ, घटना जे जस्तो भएपनि बच्चा बाँच्नुपर्छ, फागोले भने ।

मेयर फागोले उद्धारमा खटिनुहुने प्रहरी स्थानीय, गोदावरी हस्पिटल एम्बुलेन्स संघ सबैलाई धन्यवाद दिएका छन् । फागोले गर्दा बच्चाको उपचारमा सहज भएको छ । नत्र कस्ले उपचार गर्ने कस्ले कस्लाई भन्ने कसरी ब्यवस्थापन गर्ने समस्या थियो । मेयर फागो नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।

(मेयर फागोले उद्वार गरेको बच्चा !)

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...