News Portal

  • वैदेशिक रोजगारको नाममा ठगिए सावालाल, पैसा फिर्ता माग्दा मरासन्न हुने गरि कुटपिट

    हिमाली संचार संवाददाता
    ४४१ पटक

    विर्तामोड, २६ चैत : झापा गौरादह २ का सावालाल ताजपुरिया बैदेशिक रोजकारको जाने तयारिमा दलालबाट ३ लाख रुपैंया ठगिएका छन् । ताजपुरियालाई पाहृनियर ओभरसिज बिर्तामोड साखाको आफू एजेन्ट भएको भन्दै भद्रपुर ७ का खकन सरकारले उक्त रकम ठगि गरेका हुन् ।

    पीडित ताजपुरियाका अनुसार आफुलाई बैदेशिक रोजकारका लागि खकनले माल्दिफ्स पठाईदिने र उक्त देशजान करिव ३ लाख लाग्ने बताएका थिए । सोह बमोजिम पछि पटकपटक गरेर आफुले उक्त रकम दिए, ताजपुरियाले भने ।

    ताजपुरियाको भिसा पनि आयो हवाईजहाजको टिकट पनि उनी घरबाट बिदा भएर काठमाडौ पनि पुगे जब उनी एयरपोर्ट पुगे तब मात्र ताजपुरियालाई थाहा भपो सरकारले दिएको भिसा र टिकट नक्कली रहेछ भनेर । ताजपुरियालाई छागाबाट खसेजस्तो भयो। गौरादहमा सुकुम्बासी बस्तिमा बस्ने ताजपुरीयाले उक्त रकम पनि ऋणपान गरेर ल्याएका थिए ।

    उनलाई बिमास्थलसम्म लगेका सरकार ताजपुरि केहि क्षणमै सम्पर्क विहिन हुन पुगे । घटना भएको केही दिन पछि ताजपुरिया आफ्नो घर फर्किए । घटनाबारे आफना साथीभाई र आफन्तलाई भन्न थाले पछि केही युवाको सक्रियतामा खकन सरकारको खोजि सुरु भयो । खोजेको केही दिनमा सरकार बिर्तामोडमा फेला परे । ताजपुरियाले आफ्नो पैसा माग्दा उल्टो कुटाई समेत खानु परेको बताए ।

    मलाई विदेश लाने बाहानामा ठग्यो, पैसा माग्दा उल्टै मरासन्न हुने गरि कुटपिट गर्यो – उनले भने । कुटाईबाट ताजपुरियाको नाकको डाडि भाचिएको छ भने हातमा समेत स्टिल लाउनु पर्ने भएको छ। सरकारले अन्धाधुन्द ताजपुरियालाई कुटपिट गर्न थालेपछि स्थानियले सरकारलाई ईलाका प्रहरी कार्यालय अनारमोनिमा बुझाएका थिए।

    ताजपुरियाको दमक स्थित लाईफलाईन अस्पतालमा उपचाररत छन। ताजपुरिया भन्छन पैसा त पाईन उल्टो कुटाई समेत खानु परो । म सबैसँग न्यायको लागि हजुरहरुको साथ माग्छु । गरिवको लागि कानुन र न्यायको लागि प्रसाशनबाट पनि सहयोग पाईन् ।
    सवालालका बुबा भन्छन, आफुहरु सुकुम्बासी भएर बसिरहेको र छोराले पैसा कमाउछ कि भन्ने लागेको थियो अब कसरी तिर्ने ?

    ताजपुरिया भन्छन आफू सरकारबाट ठगिएको निवेदन बोकेर ईप्रका बिर्तामोड गए । तर त्यहा बैदेसिक ठगि सम्बन्धि आफुहरुले नहेर्ने भनेर निवेदन समेत नलिई प्रहरीले फर्काईदिएको उनको भनाइ छ । उनी जिल्ला प्रशासन कार्यालय झापा समेत गए तर त्या पनि उनको कुरालाई महत्व नदिएको ताजपुरियाको भनाई छ।

    यस विषयमा ईलाका प्रहरी कार्यालय बिर्तामोडका एक प्रहरी कर्मचारी भन्छन्,आफुहरुले बैदेशिक ठगि नहेर्ने भएकाले निवेदन नलिएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले...

    धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला, ५ करोड नजिक आम्दानी

    काठमाडौं, साउन २ – काठमाडौंको ऐतिहासिक चिनारीका रूपमा रहेको सुन्धारास्थित धरहरा अब प्रत्येक दिन बिहान...