News Portal

एउटा चुनाव हार्दैमा काँग्रेसको बिचार पराजीत हुदैन : महामन्त्री खड्का

हिमाली संचार संवाददाता
५०९ पटक

सुर्खेत, २५ चैत्र : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले चुनावमा दुई कम्युनिष्ट पार्टी मिल्दा पराजित भएपनि काँग्रेसको विचार पराजित नभएको बताए । महामन्त्री खड्काको सम्मानमा काँग्रेस सुर्खेतले सोमवार बीरेन्द्रनगरमा गरेको कार्यक्रममा उनले दुई तिहाइको वर्तमान सरकारले आशा र अपेक्षा अनुसार काम गर्न नसकेको जनतामा निरास भएको बताए ।

काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्न ओली सरकार असफल भएको आरोप पनि लगाए । प्राविधिक कारणले चुनावमा काँग्रेस पराजित भयो उनले भने, काँग्रेसको नेतृत्वमा चुनाव नभएको भए लोकतान्त्रिक गणतन्त्रको संविधान पहिल्यै धरापमा परिसक्ने थियो ।

एउटा चुनाव हार्दैमा काँग्रेसको बिचार पराजीत हुदैन, महामन्त्री खड्काले भने, अब काँग्रेसका नेता र कार्यकर्ताले आफ्नो आचरण र व्यवहार सुधारेर जनतालाई विश्वास जगाउनु पर्छ । उनले कार्यकर्तालाई उच्च मनोवलका साथ संगठन विस्तारमा जुटन पनि आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/04/12355

केन्द्रीय अनुशासन समितिका अध्यक्ष भीष्मराज आङदाम्व्यले काँग्रेसलाई बलियो बनाउनको लागि सवै जुटनु पर्ने उल्लेख गरे ।

केन्द्रीय सदस्य जीवनबहादुर शाहीले काँग्रेसलाई देशकै बलियो र ठुलो पार्टी बनाउने अभियानको नेतृत्व गर्न सुझाव दिए । अर्का केन्द्रीय सदस्य हृदयराम थानीले काँग्रेसलाई बलियो बनाउनको लागि एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वमन्त्री शीवराज जोशी, पूर्व राज्यमन्त्री तप्तबहादुर विष्ट, काँग्रेस सुर्खेतका पूर्वसभापति डम्वरविक्रम जिसी लगायत विभिन्न जनबर्गिय संगठनका प्रमुख तथा प्रतिनिधीले आफनो भनाई राखेका थिए । कार्यक्रम नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको हो ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...