आज : २०२६-०६-०८, सोमबार

सृष्टि मल्लका ३ मुक्तक !

मुक्तक – १

भमरा झै फुलमा घुमि जाने भए
सदैव सोमरसमा झुमि जाने भए
गर्दिन म प्यार कसम तिमी सँग
सपनिमा मात्र चुमि जाने भए

मुक्तक – २

लाग्दैन प्यारमा जिन्दगी चलिरहेछ
हर घरमा बलत्कारमा जिन्दगी चलिरहेछ जति आहा अोहो लागे पनि बाहिरबाट दिवारभित्र कारागारमा जिन्दगी चलिरहेछ

मुक्तक – ३

अब जान्छौं कि या रात पर्खन्छौ
बादलमै मडारिन्छौ या वर्षात पर्खन्छौ
अलि हतार भो के गर्छौ भन
सोमरसले पुग्छ या मात पर्खन्छौ।।

– सृष्टि मल्ल
चापाकोट नगरपालिका, स्याङ्जा