News Portal

  • वडा सचिबको कार्यालयमा दादागिरी, सेवाग्राहीलाई सास्ती

    हिमाली संचार संवाददाता
    ४०५ पटक

    सुर्खेत, २५ चैत : छोराको जन्मदर्ता बनाउन वडा कार्यालय एक साता धाउँदा पनि तोया न्यौपानेलाई जन्मदर्ताको प्रमाणपत्र हात लाग्न सकेको छैन् । नयाँ शैक्षिक सत्र शुरु भएपछि न्यौपानले पाँच वर्षीय छोरालाई स्कुल भर्ना गर्न जन्मदर्ता बनाइदिन वडा कार्यालय धाउँदै आएका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० को वडा कार्यालय धाउन लागेको एक हप्ता वित्दा समेत जन्मदर्ता नपाएपछि न्यौपाने खिन्न छन् ।

    चैत्र १९ गतेदेखि पटक पटक कार्यालय पुगे तर उनले छोराको जन्मदर्ता प्रमाणपत्र हात पार्न सकेका छैनन् । वडा कार्यालयका सचिव नवराज शर्माको ढिलासुस्ती र कर्मचारीहरुको गैरजिम्मेवार व्यवहारले ११ पटक कार्यालय पुग्दा पनि आफ्नो काम नभएको गुनासो न्यौपानेको छ । सचिव शर्माले विभिन्न वाहान वनाउदै सेवाग्राहीहरुलाई दुख दिने गरेको उनको गुनासो छ ।

    अफिसमा कहिले इन्टरनेट चलेन, कहिले सिस्टम बिग्रियो, कहिले कम्प्युटर बिग्रियो भन्ने । हामी जत्तिका शिक्षित युवा यसरी ठगिन्छौं भने अरु नागरिकले के सेवा पाउला’ प्रश्न गदै उनले भने, ‘शर्माको नियत ढिलासुस्ती गरेर पैशाको वार्गेनिड गर्ने उदेश्य देखियो हैन भने जावो एउटा जन्मदर्ताका लागि यतिका दिन किन लाउथे ।’ उनले पछिल्लो दिन कर्मचारी टेक वहादुर विसीले कम्युटरमा पासपोर्ट राखेर विदामा वसेको भन्दै आलटाल गर्ने गरेको बताए । शर्माले अन्य सेवाग्राहीहरुको समेत काम गर्न निकै ढिलासुस्ती र दुख दिने गरेको उनको गुनासो छ ।

    वीरेन्द्रनगर वडा नं १० का झरना विसीको पनि उस्तै गुनासो छ , सचिव शर्माको नियतिनै ठिक छैन् उनले सेवाग्राहीहरुलाई आज हाम्रो फुर्सद छैन् भोली आउनुहोस् भन्दै फिर्ता गरिदिने र सेवाग्राही कम हुनेवित्तिकै समयअगावै कार्यालयवाट निस्कने बताईन् । उनले भनिन् ‘सानो भन्दा सानो काममा पनि विभिन्न वाहाना गदै आलटाल गर्ने गर्दा सेवाग्राही मर्कामा छन् ।

    ‘अहिले शैक्षिक शत्रका लागि नयाँ भर्ना अभियान चलिरहेको छ, वडामा जन्मदर्ता, वसाईसराई गर्नेको भिड हुन्छ तर शर्माको चरम लापरवाहिका कारण कुनैपनि काम हुन सकेको छैन्’ उनले भनिन् ‘जन्मदर्ता नभए नयाँ विद्यार्थीहरुको भर्ना हुदैन् धेरै विद्यालयहरुमा अहिलेको समयमानै प्रवेश परिक्षा चलिरहेको तर वडा सचिवको गैरजिम्मेवारीका कारण जन्मदर्ता नै र्पाइदैन् जस्ले गर्दा राम्रो विधालयमा भर्ना गरौ भन्ने अभिभावकको सपना सपनामै सिमित भएको छ । अहिले नयाँ विधार्थि भर्नाका लागि जन्मदर्ताका लागि धेरै आउने गरेका कारण विभिन्न प्रभोलनमा पारि कमाउने खेलोमा शर्मा लागेको देखिन्छ ।

    नेपालको संविधानले स्थानीय तहको काम, कर्तव्य र अधिकार पहिले स्थानिय निकायको भन्दा व्यापक बनाईएको छ । स्थानीय तहलाई स्थानीय सरकारको अवधारणा अनुसार अघि सारिएको छ । वडा कार्यालयबाट तोकिएका सेवा प्रवाह छिटो छरितो हुने हुँदा जनतालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा लिइएको छ । जनप्रतिनिधि आएपछि सेवाग्राहीले विना झन्झट सेवा पाउनुपर्ने हो । तर, वडा सचिवसामु जनप्रतिनिधि समेत निकम्मा वन्ने गरेका छन् । कार्यकारिणी अधिकार बोकेको सचिव सेवा भन्दा समस्या बल्झाउनतर्फ उद्यत भएपछि सेवाग्राही मर्कामा परिरहेका छन् ।

    यता विदामा वसेका कर्मचारी टेकवहादुर विसीलाई टेलिफोनमा सम्र्पक गरि जानकारी लिदा कम्युटरको पासपोर्ट अफिसियल नै भएको वताएका छन् । सचिव सरले किन त्यसो गर्नुभयो थाहा भएन ,‘ कुनै कर्मचारी विदामा वसेपनि सेवाग्राहीको कामलाई सहज र सरल वनाउनु अन्य कर्मचारीहरुको धर्म हो तर कामनै नगरि फर्काउनु हुदैन् । उनले भने, ‘ अफिसियल प्रयोजनको कम्युटरमा पासपोर्ट भएपनि पासपोर्ट अफिसका अन्य कर्मचारीहरुलाई समेत थाहा छ पासपोर्ट व्यक्तिगत छ भन्नु गलत हो ।

    वडा सचिव नवराज शर्माले कर्मचारी विदा वसेका कारण काम हुन नसकेको गैरजिम्मेवारी उत्तर दिने गरेका छन् । उनले कर्मचारी विदामा वसेको र अन्य कर्मचारीलाई कम्युटरको पासपोर्ट थाहा नभएकाले पञ्जिकरण सम्वन्धि कुनैपनि काम हुन नसकेको वताएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले...

    धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला, ५ करोड नजिक आम्दानी

    काठमाडौं, साउन २ – काठमाडौंको ऐतिहासिक चिनारीका रूपमा रहेको सुन्धारास्थित धरहरा अब प्रत्येक दिन बिहान...