News Portal

विराटनगरको भारतीय फिल्ड अफिस अर्को हप्ता बन्द हुने

हिमालीसञ्चार संवाददाता
५१७ पटक

काठमाडौं – विराटनगरस्थित भारतीय फिल्ड अफिस अर्को साताबाट बन्द हुने भएको छ ।फिल्ड अफिसले गर्दै आएको सबै काम १६ साउन अर्थात अगष्ट १ बाट पूर्णरुपमा बन्द हुने काठमाडौंस्थित भारतीय दूतवासले जनाएको छ ।

फिल्ड अफिसले नेपाल आउने भारतीय गाडीहरुका लागि अनुमति दिनुका साथै जन्म/मृत्यु/रजिस्टेशन लगायतका कागजपत्रको प्रमाणीकरण गर्दै आएको थियो । अब यो काम काठमाडौंस्थित दूतवासबाटै हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८-२९ को नेपाल भ्रमण लगतै भारतले विराटनगरको फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको थियो ।

२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि भारतीय भूमि प्रयोग गर्नुपर्ने नेपाली गाडीहरुका लागि अनुमति दिन यो कार्यालय खुलेको थियो ।

तर, काम सकिएसकेपछि पनि फिल्ड अफिस बन्द भएन । तत्कालीन माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाश परराष्ट्रमन्त्री भएको बेला पत्र नै लेखेर यो कार्यालय बन्द गर्न निर्देशन दिँदा पनि अटेर गरिएको थियो अनलाइन खबरले समाचार लेखेको छ।

प्रतिकृया दिनुहोस्

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...