आज : २०२६-०६-०८, सोमबार

कबिता ~ जुन !

– प्रीति अर्याल

प्रत्येक साँझ
घाम राताे राताे भएर अस्ताए पछि
शितलताकाे पछ्याैरी पछ्याउँदै
उदाउँदो रहेछ जुन अाँगनमा

गाेधुलि साँझ
क्षितिजमा उदाएकाे छ जुन
समातेर कामुक अाँचल ईन्द्रेणिकाे
अंगालेर अनिकाल बिरुद्धका युद्ध
महा-सागर तरेर झरेको छ धर्तीमा जुन

यात्रामा सहजता पटक्कै थिएन
पाइतला भरि अाेछ्याकाे छ निलकाँडा
पाेल्टाभरि खन्याएको छ
अागाेका लप्का जस्तो प्रणय
प्रणयकाे भारी बाेक्ने भरिया
पहाड जस्तो जिबन अाेर्लिरहेछ
फुलहरु छर्किरहेका छन् काँडा
काँधमा

एउटा पुरानो झाेला
झाेला भरि उसको सपनाको अंश
अंशको खुसी बाेकेर ल्याउने
सपना संगालेर अाफै भित्र
तैरिरहेको छ बादलकाे झाेलुङ्गे पुल

ऊ कट्टर बनी दिन्छ
यात्रामा भेटिएका ताराहरुसँग
जाे अाफन्तबाट दुर भएका छन्
र,
जसरी सन्तान भैदिन्छ दुर
बा-अामाकाे अंश हुँ भन्ने भुलेर दुर

– काठमाडौ, नेपाल ।