News Portal

मप विश्वविद्यालयमा नेविसंघको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप

हिमाली संचार संवाददाता
३८१ पटक

सुर्खेत, २४ चैत : नेपाल विद्यार्थी संघले मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ ।

प्रहरीले बल प्रयोग गरेर नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य हरी शर्मा, मध्यपश्चिम विश्वविद्यालयका स्ववियु सभापति झक्क बहादुर शाही, नेपाल विद्यार्थी संघका नेता गौतम बिसि, राजन केशी र स्ववियु सदस्य रोशन बस्नेतलाई गिरफ्तार गरेको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचिव अनुराग शाहले पुष्टि गरे ।

मध्यपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन गर्न नखोजेको र विद्यार्थीको मुद्दालाई गुम्राहमा राख्न खोजेको भन्दै नेपाल विद्यार्थी संघले मध्यपश्चिम विश्वविद्यालयमा केही महिना अघिदेखि आन्दोलन गर्दै आएको छ।

यता नेबि संघका पुर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले पक्राउ परेका विद्यार्थी नेताहरूको तत्काल रिहाईको माग गरेका छन। विद्यार्थीहरुका माग पूरा गर्न विश्वविद्यालयलाई आग्रह समेत गरेका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...