News Portal

  • प्रधानमन्त्री नै संघीयताको पक्षमा छैनन : संयोजक भट्टराई

    हिमाली संचार संवाददाता
    ४४४ पटक

    टोपराज शर्मा
    बुटवल, २४ चैत : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । मगर राष्ट्रिय परिषदको संघीय भेलाको शनिबार बुटवलमा उद्घाटन गर्दै भट्टराई प्रधानमन्त्री ओलीसंगै कांग्रेसका केही नेताहरुले आफूसँग भएको भेटमा संघीयता नमानेको बताए ।

    प्रधानमन्त्री ओली र कांग्रेसका केही नेताहरुले हामीले त संघीयता मानेकै थिएनौं, तपाईले के भिराइदिनु भो भन्नुहुन्छ,’ भट्टराईले भने । पहिलो संविधानसभामा कांग्रेस र एमाले पहिचानका आधारमा १० प्रदेश बनाउने सहमतिबाट पछि हटेको स्मरण गर्दै उनले पहिचानका आधारमा प्रदेशको सिमांकनका लागि सशक्त आन्दोलन गर्नुपर्ने बताए ।

    तत्कालीन कांग्रेस र एमालेसँगै माओवादीले पनि मगर, थारु र गुरुङहरुको पहिचान मेटाउने गरी प्रदेशहरुको सिमांकनमा सहमति जनाएपनि आफूलाई माओवादीप्रति वितृष्णा जागेको उनले बताए ।

    बुटवलमै सञ्चारकर्मीहरुसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पहिचानसहितका प्रदेशहरु स्थापना र संविधान संशोधन लगायतका मुद्दामा नेकपा, कांग्रेस र राप्रपा वाहेकका शक्तिसँग ध्रुविकरण गर्ने तयारीमा नयाँ शक्ति लागेको बताए ।

    उनले आदिवासी जनजाति, दलित, महिलाका अधिकार र भ्रष्टाचारको विरुद्ध फेरि एकपटक सशक्त आन्दोलन उठ्ने दावी गरे । ‘हामी विप्लवजीहरु जस्तो बन्दुकै उठाउने, देश अस्तव्यस्त गराउने गरीह होइन ।

    तर पहिचान, अधिकार र भ्रष्टाचारको मद्दालाई गम्भीर रुपमा लिएका छौं’ भट्टराईले भने, ‘वाइडबडी भ्रष्टाचार, बुढीगण्डकी भ्रष्टाचार, अन्य मन्त्रालयका अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रीत गर्ने, सेना परिचालन सुरक्षा परिषदको वैठक विनै गर्ने, ठूला परियोजना सिधै प्रधानमन्त्री कार्यालयमार्फत गर्ने जस्ता कुराहरुले हामीलाई गम्भीर बनाएको छ । नेकपा र कांग्रेसका नेताहरुको नाम मुछिएपछि वाइडबडी प्रकरण सामसुम पारिएको उनको दाबी छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...

    केटा साथीको घरमा गएकी किशोरीको रहस्यमय मृत्यु

    काठमाडौं, साउन २२ – ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा एक १८ वर्षीया किशोरीको रहस्यमय परिस्थितिमा ज्यान...