News Portal

प्रधानमन्त्री नै संघीयताको पक्षमा छैनन : संयोजक भट्टराई

हिमाली संचार संवाददाता
५२६ पटक

टोपराज शर्मा
बुटवल, २४ चैत : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । मगर राष्ट्रिय परिषदको संघीय भेलाको शनिबार बुटवलमा उद्घाटन गर्दै भट्टराई प्रधानमन्त्री ओलीसंगै कांग्रेसका केही नेताहरुले आफूसँग भएको भेटमा संघीयता नमानेको बताए ।

प्रधानमन्त्री ओली र कांग्रेसका केही नेताहरुले हामीले त संघीयता मानेकै थिएनौं, तपाईले के भिराइदिनु भो भन्नुहुन्छ,’ भट्टराईले भने । पहिलो संविधानसभामा कांग्रेस र एमाले पहिचानका आधारमा १० प्रदेश बनाउने सहमतिबाट पछि हटेको स्मरण गर्दै उनले पहिचानका आधारमा प्रदेशको सिमांकनका लागि सशक्त आन्दोलन गर्नुपर्ने बताए ।

तत्कालीन कांग्रेस र एमालेसँगै माओवादीले पनि मगर, थारु र गुरुङहरुको पहिचान मेटाउने गरी प्रदेशहरुको सिमांकनमा सहमति जनाएपनि आफूलाई माओवादीप्रति वितृष्णा जागेको उनले बताए ।

बुटवलमै सञ्चारकर्मीहरुसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पहिचानसहितका प्रदेशहरु स्थापना र संविधान संशोधन लगायतका मुद्दामा नेकपा, कांग्रेस र राप्रपा वाहेकका शक्तिसँग ध्रुविकरण गर्ने तयारीमा नयाँ शक्ति लागेको बताए ।

उनले आदिवासी जनजाति, दलित, महिलाका अधिकार र भ्रष्टाचारको विरुद्ध फेरि एकपटक सशक्त आन्दोलन उठ्ने दावी गरे । ‘हामी विप्लवजीहरु जस्तो बन्दुकै उठाउने, देश अस्तव्यस्त गराउने गरीह होइन ।

तर पहिचान, अधिकार र भ्रष्टाचारको मद्दालाई गम्भीर रुपमा लिएका छौं’ भट्टराईले भने, ‘वाइडबडी भ्रष्टाचार, बुढीगण्डकी भ्रष्टाचार, अन्य मन्त्रालयका अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रीत गर्ने, सेना परिचालन सुरक्षा परिषदको वैठक विनै गर्ने, ठूला परियोजना सिधै प्रधानमन्त्री कार्यालयमार्फत गर्ने जस्ता कुराहरुले हामीलाई गम्भीर बनाएको छ । नेकपा र कांग्रेसका नेताहरुको नाम मुछिएपछि वाइडबडी प्रकरण सामसुम पारिएको उनको दाबी छ ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...