News Portal

स्थानीयवासीको आवातजावतका लागि नेपाली सेनाले बनायो रंगेलीमा बाँसकाेपुल !

हिमाली संचार संवाददाता
४८३ पटक

चैत्र २२, माेरङ : थलाहा स्थित नेपाली सेना सुर्यदल गणले सर्वसाधारणहरुलाई खाेला वारपारी हुन समस्य हुन थालेपछि बाँसकाे पुल निर्माण गरिदिएका छन । नेपाली सेनाका जवानहरुले सयौं सर्वसाधारणका लागि रंगेली नगरपालिका १ स्थित सखरदिना र ग्रामथानकाे वडा नम्बर ४ र लाेहन्द्रा खाेलामा बाँसकाे पुल बनाएकाे सुर्यदल गण थलाहाका सह सेनानी राजु थापाले बताउनुभयो ।

स्थानीय वासिन्दाले अावत जावतमा समस्या भएको भन्दै बारम्बार स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारसंग पक्की पुलकाे निर्माण गर्ने जानकारी गराएता पनि स्थानीयकाे पिरमार्काकाे कुनै कुरा नसुने पछि नेपाली सेनाले अाफ्नाे श्रमदान गरि साे ठाउँमा बाँसकाे पुल बनाएकाे हाे ।

त्यसैगरी गर्मी समय सुरु भएको हुनाले गाउँघरमा बिषालु सर्पहरुकाे टाेकाईबाट अकालमै सर्वसाधारणहरु मृत्युु हुने समय भएको हुनाले सुर्यदल गण थलाहाले श्री हंस बाहिनी सिम्रहा विद्यालयमा एक दिने सर्प दंम्स सम्बन्धित जनचेतनामूलक कार्यक्रम समेत संन्चालन गरेको छ ।

उक्त कार्यक्रममा विद्यालयका शिक्षक, अभिबावक तथा बिधार्थि तथा सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे । सर्प सम्बन्धित प्रक्षिक्षण सह सेनानी राजु थापाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...