News Portal

शैक्षिक संस्थामा ब्रम्हलुट : तै चुप मै चुपमा विद्यार्थी संगठन ?

हिमाली संचार संवाददाता
४५० पटक

कमल न्यौपाने
नेपालगन्ज, २२ चैत्र : विगतमा शैक्षिक क्षेत्रमा विकृति बढ्दा त्यसविरुद्ध आन्दोलन चर्काउँदै प्रभावकारी भूमिका खेलेका विद्यार्थी संगठनहरू अहिले तै चुप मै चुपको अवस्थामा छन् । अहिले उनीहरू मौन बस्दा शैक्षिक क्षेत्रमा विकृतिका चाङ्ग बढेको विश्लेषण यस क्षेत्रका अगुवाहरूले गरेका छन् ।

आमविद्यार्थीको हकहितका नाममा गठन भएका विभिन्न विद्यार्थी संगठनहरू आफ्नो उद्देश्यबाट विचलित हुन थालेका छन् । शैक्षिक क्षेत्रमा व्यापक ठगी र विकृति बढिरहेको बेला खबरदारी गर्नुपर्नेमा विद्यार्थी संगठनहरू मौनता साँधेर बसिरहेका छन् । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा निजी तथा सरकारी विद्यालयहरूले मनपरी अवैध शुल्क असुली रहेका बेला विद्यार्थी संगठन तैं चुप मै चुप अवस्थामा छन् ।

निजी र सामुदायिक विद्यालयमा तोकिएको भन्दा २० देखि ३० प्रतिशत शुल्क वृद्धि, मेडिकल कलेजभित्रको विकृति, निजी शैक्षिक संस्थामा सिन्डिकेट लगायतका विषय सार्वजनिक भइरहँदा पनि विद्यार्थी संगठनहरू मौन भएका छन् ।

विद्यार्थीको हकहितमा लाग्नुपर्ने जिम्मेवारी लिएका विद्यार्थी संगठनहरू विद्यार्थीप्रति संवेदनशील नभएको विद्यार्थीहरू बताउँछन् । विद्यार्थी संगठनहरूले विद्यालयभित्रको आन्दोलनको मुद्दा उठाए पनि बार्गेनिङ गर्दै सम्झौतामा टुंग्याउने गरेको प्रभावित विद्यार्थीहरूको गुनासो छ ।

निजी विद्यालयले त शूल्क देखि पोसाक र पाठ्यपुस्तकमा समेत सिण्डिकेट नै लागू गरेको विद्यार्थी बताउँछन् । एक विद्यार्थीका अनुसार शैक्षिक संस्थालाई यसरी व्यवसायी संस्था बनाउँने हो भने अब धेरै विद्यार्थी निजी छोडेर सामुदायिकमा भर्ना हुनुको किवल्प देखिदैन् ।

अखिलका अध्यक्ष मोहित शाहले यस बिषयमा आफूहरूले बारम्बार कुरा उठाएपनि सम्बन्धीत निकायलले ध्यान दिन नसकेको बताए । उनले शिक्षा कार्यालयसँगै प्याब्सन र एनप्याब्सन लगायतका शैक्षिक संस्थासँग आबद्ध निकाय गम्भीर हुनुपर्नेमा जोड् दिए ।

हामीले दीर्घकालिन समस्याको समाधान खोजिरहेका छौ अध्यक्ष शाहले भने ‘तर, अहिले हिजोको जस्तो अवस्था छैन् त्यसैले विद्यार्थी संगठन भन्दा पनि स्थानीय तहले यस बिषयमा बढी चासो लिएर अघि बढ्नुपर्छ ।

नेविसंघका अध्यक्ष पूर्ण आचार्यका अनुसार विद्यार्थी संगठन बिचौलिया उत्पादन गर्ने थलो नभएको बताए । शिक्षामा माफियाकरण बढ्दै गएकोले शिक्षामै यस्ता समस्या देखिएका यसले विद्यार्थी मर्कामा परेको उनको बुझाई छ ।

विद्यार्थी संगठन साच्चै नै कमजोर देखिएको शिक्षाविद् डा. मनप्रसाद वाग्ले बताउँछन् । शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न विद्यार्थी संगठन सक्रिय भएर लाग्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् । विद्यार्थी संगठनले निजी विद्यालयको नियमन र निगरानी गर्नुपर्ने देखिएको उनी बताउँछन् ।

अखिल अध्यक्ष शाहका अनुसार बाँकेमा विभिन्न राजनीतिक दल आबद्ध करिब आधा दर्जन पाटी निकट विद्यार्थी संगठनहरू सक्रिय छन् ।

कम शूल्कमा बोर्डिङ स्कुलको भन्दा राम्रो शिक्षा, भविष्यमा उच्च शिक्षा अध्ययनका लागि सरकारले दिने छात्रवृत्तिलगायका अवसरले गर्दा कतिपय सामुदायिक विद्यालयमा अहिले विद्यार्थी भर्ना नपाएर फर्किनुपर्ने अवस्था छ । बाँकेका कतिपय निजी स्कुललाई सरकारीसँग प्रतिस्पर्धा गर्न धौधौ भएको आदर्श माविका प्रधानाध्यापक राजेन्द्र सापकोटा बताउँछन् ।

उनी भन्छन्‘ संस्थागत विद्यालय छोडेर सामुदायिकमा भर्ना हुन आउने विद्यार्थीको चाप ह्वात्तै बढेको देखिन्छ । शैक्षिक क्षेत्रमा बढ्दै गएको बिकृति, विसंगति र शैक्षिक गुणस्तर सुधारका विषयमा स्थानीय तहले योजनाबद्धरुपमा कार्ययोजना बनाई यसतर्फ अघि बढ्न सकेको देखिदैन ।

प्रतिकृया दिनुहोस्

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...