News Portal

रंगेली अस्पतालकाे अनमियता भएको छानविन प्रतिवेदन सार्वजनिक

हिमाली संचार संवाददाता
६०२ पटक
रबिन्द्र बराल, मोरङ

रंगेली,२२ चैत्र : माेरङकाे रंगेली नगरपालिका ७ मा नवनिर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बने भएता पनि नेपाल सरकारले साउन महिना देखि अस्पताल ब्यवस्थापन समिति खारेज गरेपछि हालसम्म अस्पताल व्यवस्थापन समिति निर्माण नहुदाँ अस्पतालमाकाे हरेक काम काज ठप्प हुने अवस्थामा पुगेको छ ।

बिकास निर्माण देेेेखि अार्थिक काम सबै ठप्प भएको छ । नेपाल सरकारले समयमै समिति गठन नगरेका कारण २०७४ पुस महिना देखि हाल सम्म कार्यलय प्रसाशनकाे मिलेमतोमा सर्वसाधारणहरुले उपचार गराएर तिरेकाे रकमकाे राजस्व हिनामिना भएको थियोे ।

रंगेली अस्पतालमा भएको आर्थिक अनियमितता छानविनका लागी बनाएको समितिले प्रतिवेदन कार्यपालिका लाई बुझाएको छन । छानविन समितीले अस्पताल भित्र सरकारी राजश्वकाे रकम हिनामिना भएको ठहर गरेको छ ।

उक्त छानबिन समितिले हिनामिना भएको रकम असुल गर्नुुपर्ने सहितको प्रतिवेदन कार्यपालिकालाई जिम्मा लगाएको छ । अस्पतालमा उठेको दैनिकी राजस्व बैक खातामा दाखिला नगरी हिनामिना भएको समाचार एक महिना अगाडि सार्वजनिक भएपछि फागुन २१ गते नगरपालिकामा बसेको कार्यपालिका बैठकले ७ दिनको म्याद दिएकाे थियोे ।

छानविन समितिले अस्पतालको बैक दाखिला भरपाई, रसिद, अध्ययन तथा अपरेटर सहित कर्मचारी संग बयान लिई प्रतिवेदन तयार गरी कार्यपालिकालाई बुझाएको छानविन समितिका वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डलकाे संयाेजकमा समिति गठन गरिएको थियो । प्रतिवेदनले दैनिकी राजश्व असुली गर्ने कर्मचारी मधु दास र बैक रकम दाखिला गर्ने कर्मचारी कमला थापा र मोहन थापाबाट रकम काे हिनामिना भएको ठहर गरेको छ ।

छानविन समितिको प्रतिवेदन कार्यपालिका बैठक छलफल भएपश्यात शुक्रवार रंगेली नगरपालीका मेयर दिलिप वगडीयाले सोको निर्णय सार्वजनिक गरेका छन् । मेयर वगडीयाले गत आर्थिक वर्षमा ५ लाख ६७ हजार ६ सय ३६ रुपैया ३० पैसा र चालु आर्थिक वर्षमा २ लाख २३ हजार ५ सय ८३ रुपैया गरी कुल ७ लाख ९१ हजार २ सय १९ रुपैया बैक दाखिला नगरी अपचलन गरेको प्रतिवेदनमा देखिएको ७ दिन भित्र रकम असुल उपर गरी सो को जानकारी नगर कार्यपालिकालाई पठाउन अस्पताललाई निर्देशन गरेको बताए ।

सरकारले अस्पताल विकास समिति खारेज गरेपछी मेडिकल सुपरटेण्डन डा. उत्तम देव रहेको अवस्थामा अस्पताल भित्र अनियमितता भएको देखिन्छ । मेयर वगडीयाले अस्पतालको राजश्व अनमियता गर्ने कर्मचारीलाई कुनै पनि हालतमा उन्मुक्ती नदिने समेत स्पष्ट पार्नु भयो । त्यति मात्रै हाेईन बिगत छ महिना देखि झडापखाला, अप्रेसन र किडनिकाे समेत रगत परिक्षण गर्ने ईलाेक्ट्रर लाईट साेडियम र पाेटासियन समिन समेत सर्भिस नहुदा बिरामी हरुले निजि ल्यावमा गएर ब्लड चेक जाँच गर्ने बाध्य रहेका छन ।

उक्त अस्पतालमा दैनिकी सयौं जना गरिव परिवार तथा अति विपन्न घर परिवारका सर्वसाधारण हरुले उपचार गराउदै अाईरहेता पनि सेवा र सुविदा नहुदा निज अस्पतालमाा उपचार गराउन जाने गरेका छन ।
नेपाल सरकारले गर्भवती महिलाहरु गर्भवती भएकाे समय देखि उपचार गर्नेका लागि सरकारी अस्पतालमा सबै कुरा निशुल्क गर्ने भनेर भनेता पनि रंगेली अस्पतालमा भने गर्भवती महिलाहरुलाई सबै प्रकारकाे रकम समेत उठाउने गरेका छन ।

गर्भवती महिलाले प्रत्येक दिन सेवन गर्ने अाईरन र क्यालसियम समेत उपलब्ध छैन । अझ गर्भवती महिलाहरुलाई समान्य चेक जाँच गर्ने अाउदा समेत विभित्र प्रकारका ब्लड टेस्ट गर्नु भनी निजि ल्यावहरुमा पठाउने गरेका छन । निजि ल्यावहरुले बिरामीहरुबाट लिएको ३० प्रतिशत रकम डाक्टरहरु लाई बुझाउने गरेको हुनाले अनावश्यक टेष्ट गरेर अझ गरिव परिवारलाई पीडा दिने गरेको नबताउने सर्तमा एकले बताए ।

डाक्टरहरुकाे चलखेलले गर्दा बिरामीहरुले दुख पाएकाे कर्मचारीहरु बताउछन् । यस अस्पतालमा रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिका, सुनवर्सि नगरपालिका, कानेपाेखरी नगरपालिकाका केही सर्वसाधारण तथा भारकाेे कुर्साकट्टा, कुवाडि, सिमावर्ति क्षेत्रमा बसाेवास गर्ने गरिव घरपरिवारका सर्वसाधारणहरुले सेवा लिदै अाएका छन । देश बिदेशी संस्था नेपालमा स्वास्थ्यकाे नाममा करोडौं रुपैयाँ खर्च गरेता पनि त्याे भने बालुवामा पानी हाले जस्तो भएको पाईन्छ ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...