News Portal

६२ औं सहकारी दिवस रंगेलीमा सम्पन्न, पत्रकार बरालसहित ३ जना सम्मानित !

हिमाली संचार संवाददाता
५७० पटक
रबिन्द्र बराल, मोरङ

चैत्र २०, बुधबार : “दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी”भन्ने मुल नाराका साथ बुधबार रंगेलीमा ६२ अाै सहकारी दिवस रंगेलीमा सम्पन्न भएको छ। दिनदयाल धर्मशालमा सम्पन्न भएको हाे। माेरङमा भरि छरिएर रहेको १ हजार १ सय सहकारी हरुकाे सदस्यहरुकाे समेत सहभागी रहेको थियोे।

उक्त कार्यक्रमकाे प्रमुुख अतिथि प्रदेश न १ का प्रदेश प्रमुुख माननिय प्राध्यापक डाक्टर गोविन्द वहादुर तुुम्वहाङ, बिशिष्ट अतिथि माननिय मंत्री जिवन घिमिरे, प्रतिनिधि सभा सदस्य डाक्टर मिनेन्द्र रिजाल, शिव कुमार मंन्डल, सामाजिक बिकास मंन्त्री जीवन घिमिरे, सभासद लिला वल्लभ अधिकारी, रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख कबिन्द्र कार्की र लक्ष्मी मेहता लगायतको उपस्थित रहेको थियोे ।

उद्घाटन प्रमुख अतिथिले पानसमा बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गरिएको थियोे । स्वागत मन्त्वय व्यवस्थापन उपसमितिका संयाेजक ईन्जिनियर कमलेश्वर ठाकुरले गरेका थिए । विभिन्न सहकारी संस्थाहरुले अाफ्नाे कला संस्कृतिक झलकाउने नृत्य समेत र्‍यालीमा सहभागी गराएका थिए ।

साेहि क्रममा दिनावाबु धर्मशाला देखि झाँक्री सहित रंगेली वजार परिक्रमा समेत गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथिले भने अहिले सहकारीले गर्दा गाउँघरमा रहेका गरिव परिवारलाई विभिन्न पेशा गर्ने सहुलियत दरमा ऋण लिएर ब्यवसाय गर्ने सहज भएको समेत बताए ।

साेही क्रममा उनले भने अहिले गाउँ घरमा युवाहरु बेरोजगार भएको कारणले गर्दा बिदेशी भुमिमा गएर अाफ्नाे ज्यान समेत जाेखिमा पारेर अाफ्नाे परिवार पालनपोषण गरिरहेकाेे समेत बताए । विभिन्न सहकारीहरुले अाफ्नाे मैलिक झल्काउने झाक्रीहरु मध्ये नारी संघ क्लब वचत ऋण सहकारी संस्था उर्लाबारी प्रथम नगद ५ हजार दाेस्राे सहकारी संन्जाल ग्रामथान ३ हजार र तेस्रो जागरुप वचत तथा सहकारी संस्था बिराटनगर ले २हजार नगद सहित प्रशंसापत्र समेत दिएको छ ।

यस बर्ष जिल्ला सहकारी संध लिमिटेडका सल्लाहकार तारा बहादुर काफ्ले, चन्द्र प्रसाद काफ्लेलाई पुरस्कार दिएकाे छ । ६२ औं सहकारी दिवसमा प्रचारप्रसारमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सहकारी पत्रकारीता पुरस्कार एभिन्युज टेलिभिजनका माेरङ संम्वाददाता रबिन्द्र बराललाई ५ हजार १ सय रुपैयाँ सहितकाे कदर पत्र हस्तान्तरण गरेका थिए।

६२ अाै राट्रिय सहकारी दिवस मुल समारोह समितिका संयाेजक डिल्ली पाेख्रेलकाे सभापतित्व कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस्

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...