News Portal

प्रधानमन्त्रीले ‘इग्नोर’ गरेका बिनोद चौधरीले नै लगानी सम्मेलनमा सरकारको शाख जोगाइदिए !

हिमाली संचार संवाददाता
४३४ पटक

काठमाडौं, १९ चैत : उद्योगपति विनोद चौधरी हाल प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद छन् । फोब्र्समा सूचीकृत नेपालका एकमात्र अर्बपति चौधरी संसदमा पनि सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गरिरहन्छन् ।

पहिलो संविधानसभामा नेकपा एमालेका तर्फबाट समानुपातिक सदस्य भएका चौधरीको कांग्रेस प्रवेशपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको तत्कालीन नेकपा एमाले समूह भने रुष्ट छ । चौधरीलाई कांग्रेसबाट सांसद बनाउन सभापति शेरबहादुर देउवाले पत्र नै लेखेको तथा महामन्त्री डा. सशांक कोइरालाले निकै मेहनत गरे ।

दोस्रो संविधानसभामा एमालेले सदस्य नबनाएपछि नै निष्कृय बनेका चौधरी गत वर्षको निर्वाचनामा कांग्रेसबाटै उम्मेदवार बनेर देश दौडाहा निस्केपछि ठूलो तरंग ल्याएको थियो । सम्भवतः सोही कारण नेकपाभित्रको एमाले समूह उनीप्रति सकारात्मक छैन । बरु, चौधरीले अघि बढाएका प्रोजेक्टहरुलाई राज्यशक्तिको दुरुपयोग गर्दै रोक्ने र उनीविरुद्ध नकारात्मक प्रचार गर्न कार्यकर्तालाई उक्साउने काम एमाले समूहले गरिरहेको देखिन्छ ।

तर, नेपालको निजी क्षेत्रका एकमात्र अन्तर्राष्ट्रिय लिडरका रुपमा ख्याती कमाइसकेका चौधरी लगानी र आर्थिक विकासका सन्दर्भमा जहिले पनि प्रो–सरकारका रुपमा देखिन्छन् । यति हुँदाहुँदै पनि सरकारको उनीप्रतिको व्यवहार भने पूर्वाग्रही नै देखिन्छ ।

प्रसंग हो लगानी सम्मेलनको । सरकारले निकै महत्वाकांक्षाका साथ आयोजना गरेको लगानी सम्मेलन आशातीत रुपमा सफल हुन सकेन । सरकारले अघि सारेका शोकेस गरिएका ७७ परियोजनाप्रति त लगानीकर्ताले रुचि नै देखाएनन् । तर, केही परियोजनामा निजी क्षेत्रले नै लगानी भित्र्याएर सरकारको लाज ढाकिदिने काम गरे र त्यसमा सबैभन्दा अगाडि रहे उनै चौधरी । चौधरी समूहले मात्रै ५ वटा विदेशी परियोजनामा लगानी भित्र्याएर सरकारलाई खुला हृदयले नै सहयोग ग¥यो ।

त्यसो त लगानी सम्मेलनको तयारीका क्रममा चौधरी समूहका अध्यक्ष विनोद चौधरीलाई कुनै पनि सेसनमा सम्बोधनका लागि बोलाइएको थिएन । नेपालका एकमात्र बहुराष्ट्रिय उद्यमीलाई सम्मेलनमा सहभागी नगराइँदा सम्मेलनको गरिमा पक्कै पनि बढ्ने थिएन । प्रधानमन्त्री केपी ओलीको कांग्रेससँगको इगोको शिकार बनाइएका थिए चौधरी ।

तर, लगानी सम्मेलन सरकारको मात्र हो कि मुलुककै भन्ने प्रश्न उठ्न सक्ने भन्दै केही उद्योगपतिहरुले नै सचेत गराएपछि प्रधानमन्त्री ओलीले कांग्रेस नेता डा. रामशरण महत र उद्योगपति चौधरीलाई वक्ताको रुपमा थप्न राजी भए । संयोगवश दुवैले राम्रो फोरम पनि पाए– महतले उद्घाटन समारोह र चौधरीले समापन समारोह ।

रोचक प्रसंग त के रह्यो भने चौधरीलाई सम्मेलनको वक्ताका रुपमा प्रस्ताव गर्नेमा प्रधानमन्त्री ओलीका विश्वासपात्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा नै रहे । चौधरी समूहले विदेशी कम्पनीसँग साझेदारीको सम्झौता गर्दा पनि उपस्थित रहेका बाँस्कोटाकै मन्त्रालय मातहतको दूरसञ्चार प्राधिकरणले अझै पनि सिजी टेलिकमलाई लाइसेन्स भने दिएको छैन । तर, सोही कम्पनीको लागि एफडीआईमा भने सरकार पटकपटक साक्षी बसिसकेको छ ।

सम्मेलनमा चौधरी ग्रुपले मात्रै १ खर्ब लगानी भित्र्याउने सहमति गरेको छ । जसमा सिजी र सर्राफ ग्रुपबीच मल्टिमोडल लजिस्टिक पार्क निर्माणका लागि १० अर्ब, सिजी र स्काई पावरबीच ६०० मेगावाटको सोलार पावर निर्माणका लागि करिब ५० अर्ब, सिजी र प्रदेश २ सरकारबीच २०० मेगावाट सोलारका लागि करिब १२ अर्ब र सिजी र टकसेलबीच टेलिकम प्रोजेक्टका लागि करिब २५ अर्बको लगानी गर्ने घोषणा गरिएको छ ।

यस्तै, युनाइटेड फाइनान्समा पनि भारतको मुथुत समूहले लगानी गर्ने सहमति भएको छ । उक्त फाइनान्स पनि चौधरी समूहद्वारा नै प्रवद्र्धित छ । यसबाहेक नबिल बैंकमा बहुमत सेयर चौधरी समूहकै छ । नबिलले एसबिआई इन्डिया र एभरेष्ट बैंकसँगको सहकार्यमा ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा ७८ अर्ब ६० करोड लगानी गर्ने सहमति गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...