News Portal

रकम हिनामिनामा उपमेयर पनि संलग्न भएको खुलासा

एकैदिन ५ पटक भात र ५ पटक नास्ता खाएको बील !

हिमाली संचार संवाददाता
५२८ पटक

नेपालगन्ज, १९ चैत : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु र नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइले गरेको रकम हिनामिनामा उपमेयर उमा थापामगर पनि संलग्न भएको पाइएको छ । उपमेयर थापाले नेतृत्व गरेको एक कार्यक्रमको सम्पूर्ण बील भर्पाइहरु हेर्दा यस रकम हिनामिनामा उपमेयर थापा संलग्न भएको पाइएको हो ।

कर्मचारीले नराम्रो कार्य गरे खबरदारी गर्नुपर्ने जनप्रतिनीधि उपमेयर थापानै रकम अनियमितामा संलग्न रहन पुगिन् । सुन्दा सबैलाई अचम्म र हाँसो पनि लाग्न सक्छ । उपमेयर थापाले एकै दिन ५ पटकसम्म खाना र खाजा खाएको बील उपमहानगरपालिकामा पेश गरेकी छन् ।

नेपाली काँग्रेसबाट उपमेयरबनेकी थापासंगै प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइ, पत्रकार महासंघका उपाध्यक्ष प्रदिप वाग्ले, पत्रकार आलम खान, उपमहानगरकै कर्मचारी कृष्णप्रसाद जोशी, पत्रकार रुपा गहतराजले एकै दिन ५ पटकसम्म खाना खाएको उपमहानगरपालिकामा पेश गरेको बीलमा उल्लेख छ ।

नेपाली काँग्रेसबाट उपमेयरबनेकी उपमेयर थापा सहित ६ जनाको टोलीले मिति २०७५ असार १८ गते एकै दिन ५ पटक खाना र ५ पटक खाजा खाएका छन् ।  सो को बील एक जनाको ५ सयका दरले १२ हजार ५ सयको खाना र खाजा खाएको उपमहानगरपालिकामा पेश गरेका छन् ।

पेश गरेको बील जानकी रेष्टुरेण्ट नेपालगन्ज भनेर रहेको छ । एकै दिन एक जनाले ५ पटक खाना र ५ खाजा खाएको लेखिएको उक्त बील जानकी रेष्टुरेण्टले नेपाल पत्रकार महासंघको नाममा काटेको छ ।

उपमहानगरपालिकामा पेश गरेको जानकी रेष्टुरेण्टको बील अनुसार, मिति २०७५ असार १८ गते बील न. ८९९४ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९५ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९६ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९७ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय र मिति २०७५ असार १८ गते बील न. ८९९८ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय गरी १२ हजार ५ सयको बील रहेको छ ।

उक्त बीलको हिसाब फरफारक गर्नका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले महासंघकै लेटरप्याडमा छाप लगाएर २०७५ असार२४ गते नेपालगन्ज उपमहानगरपालिकामा पेश गरेको छ । यस बारे नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले आफुले कागजातहरुमा हस्ताक्षर गरेको र आफुलाई अरु केही थाहा नभएको बताइन् । ५ पटक खाना खाएको भनिएकी रुपा गहतराजले ५ पटक खाना नखाएको बताईन् । ‘खना त खाइयो होला, ५ पटक खाइएन । साथीभाइले बील मिलाउनलाई मिलाए होलान् ।

नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमको लागि विनियोजन गरेको ९ लाख ३४ हजार मध्यको रकमबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारु मिलेर हिनामिना गरेका छन् । नक्कली हस्ताक्षर र नक्कली बील बनाएर चौलागाइ र थारुले रकम हिनामिना गरेका हुन् ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले तयार पारेर उपमहानगरपालिकामा बुझाएको हरहिसाबको प्रतिवेदनमा सहजकर्ताको रुपमा महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र वाहालवाला केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल सहित २ दर्जन भन्दा बढी पत्रकारको नक्कली हस्ताक्षर गरी रकम हिनामिना गरेको प्रष्ट रुपमा देखिएको छ ।

त्यति मात्र नभइ कार्यक्रममै उपस्थित नभएका झा र पोखरेलको नाममा नक्कली हवाई टिकट, सहजकर्ताको भत्ता, २ दिनसम्म बास बसाएको नक्कली बील अध्यक्ष थारु र चौलागाईले उपमहानगरपालिकामा पेश गरेका छन् । प्रत्येक प्रतिवेदन र बीलमा पत्रकार महासंघ बाँकेको छाप, हस्ताक्षर र प्रेस सल्लाहकार चौलागाइको हस्ताक्षर रहेको छ । यसको नेपालगन्ज उपमहानगरपालिकाले समिति गठन गरेर छानबिन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...