News Portal

  • ५ वर्षको बहुप्रवेशी भिसा तीन अमेरिकीले पाए !

    हिमाली संचार संवाददाता
    ३९८ पटक

    शम्भू कट्टेल/काठमाडौ,१८ चैत : अध्यागमन विभागले तीन अमेरिकी नागरिकलाई पहिलो पटक ५ वर्षको बहुप्रवेशी पर्यटक प्रवेशाज्ञा (भिसा) जारी गरेको छ। अध्यागमन विभागले सोमबार कार्यक्रम गरी तीन अमेरिकी नागरिकलाई नेपालको बहुप्रवेशी भिसा प्रदान गरेको हो।

    नेपाल र अमेरिकाबीच पर्यटक भिसाको शुल्क र अवधिमा पारस्पारिकता (भिसा रेसिप्रोसिटी) कायम भएपछि विभागले तीन अमेरिकीलाई ५ वर्षको बहुप्रवेशी भिसा दिएको हो।

    अमेरिकासँगको पारस्पारिकता पछि नेपाल सरकारले सन् २०१९ जनवरी १ देखि पर्यटक भिसामा नेपाल आउने अमेरिकीहरूलाई ५ वर्षको भिसा दिने निर्णय गरेको थियो।

    अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेलले विभागमा उपस्थित भएका दुई महिला र एक पुरुष अमेरिकी नागरिकलाई पाँच वर्षको बहुप्रवेशी भिसा दिएका हुन्। ती अमेरिकी नागरिकले १६० अमेरिकी डलरमा ५ वर्ष अवधिको बहुप्रवेशी पर्यटक भिसा पाएका हुन्।

    उनीहरू अब एक वर्ष भिसामा १८० दिन नेपाल बस्न पाउने छन्। अन्य मुलुका विदेशी नागरिकहरू भने पर्यटक भिसामा १५० दिन मात्र नेपाल बस्न पाउँछन्। नेपाल र अमेरिकाबीच पर्यटक भिसामा पारस्पारिकता कायम भएकाले अमेरिकी नागरिकहरू अन्य मुलुकका नागरिक भन्दा ३० दिन बढी नेपालमा बस्न पाएका हुन्।

    गृह मन्त्रालयले यस अघि अमेरिकासँग गैर पर्यटक भिसा अन्तर्गत प्रेस, कामदार र विद्यार्थी भिसा शुल्क र अवधिमा पारस्पारिकता कायम गरी कार्यान्वयनमा ल्याइसकेको छ।

    कार्यक्रममा विभागका महानिर्देशक पौडेल, नेपालस्थित अमेरिकी दूतावासका भिसा शाखाका प्रमुख कन्सुलर माइकल मोसी, परराष्ट्र मन्त्रालयका उपसचिव शत्रुधन पोख्रेलले नेपाल र अमेरिकाबीच भिसा शुल्क र अवधिमा भएको पारस्पारिकता सकारात्मक भएको टिप्पणी गरे।

    पर्यटक भिसामा अमेरिकी नागरिकलाई दिँदै आएको अन अराइभल भिसा प्रणाली भने कायम रहेको छ। प्रवेश विन्दूमा उनीहरूले ९० दिनको मात्र भिसा पाउँछन्।

    अमेरिकी नागरिकले अमेरिका वा अन्य मुलुकका नेपाली दूतावास वा नियोगबाट समेत ९० दिनको मात्र भिसा पाउने छन्। ९० दिन भन्दा बढीको भिसा लिन अमेरिकी नागरिकहरूले कम्तिमा ६ महिना म्याद भएको राहदानी, १० हजार अमेरिकी डलर बचत रहेको बैंक स्टेटमेन्ट, स्वास्थ्य बिमाको प्रमाण पत्र र आचरण सम्बन्धी प्रहरी प्रतिवेदन पेश गर्नु पर्ने छ।

    अमेरिकी नागरिकको ५ वर्षे बहुप्रवेशी भिसा थप गर्दा निवेदनको नेपाल बस्ने ठेगाना, सम्पर्क व्यक्ति, भ्रमण तालिका, नेपाल बसाइमा निवेदकले गर्ने अनुमानित खर्च र डकुमेन्टमा केही समस्या देखिए त्यसबारे नेपालस्थित अमेरिकी दूतावास वा अन्य नियोगमा बुझ्न सक्ने अधिकार अध्यागमन अधिकृतसँग रहेको छ।

    नेपालस्थित अमेरिकी दूतावासले २०७४ असोज २२ गते पर्यटक भिसामा समेत पारस्पारिकता कायम गर्न अनुरोध गर्दै परराष्ट्र मन्त्रालय मार्फत गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो। अमेरिकी प्रस्तावमा सहमति जनाउँदै सरकारले भिसा शुल्क र अवधिमा पारस्पारिकता कायम गरेको हो।

    नेपाल स्थित अमेरिकी दूतावासको प्रस्तावबारे गत जेठ २ मा गृहमन्त्री रामबहादुर थापाले ‘गृहमन्त्री स्तरिय’ सुझाव समिति गठन गरेका थिए। उक्त सुझाव समितिले प्रचलित अध्यागमन कानुन, पारस्पारिकता गर्नेबारे अन्तर्राष्ट्रिय अभ्यास लगायत विषय समेटी तयार पारेको प्रतिवेदनलाई परराष्ट्र, अर्थ र कानुन मन्त्रालयले समेत सदर गरेको थियो।

    गृह मन्त्री थापाले सोही प्रतिवेदनलाई आधार मान्दै गत मंसिर २५ गते अमेरिका र नेपालबीच पर्यटक भिसा शुल्क र अवधिमा पारस्पारिकता कायम गर्ने विषयलाई मन्त्रीपरिषदमा लैजान स्वीकृति दिएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले...

    धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला, ५ करोड नजिक आम्दानी

    काठमाडौं, साउन २ – काठमाडौंको ऐतिहासिक चिनारीका रूपमा रहेको सुन्धारास्थित धरहरा अब प्रत्येक दिन बिहान...