News Portal

  • कर्णालीका यात्रुको गुनासो : नेपाल एयरलाइन्स उड्दैन, सीताले बोक्दैन !

    हिमाली संचार संवाददाता
    ४२० पटक

    चैत १८, सोमबार : नेपाल एयरलाइन्सका कर्मचारीको मनपरीका कारण यात्रुहरुले सास्ती खेप्नुपरेको छ। नेपालगन्जस्थित एयरलाइन्सको कार्यालयले दुई हप्ताअघि हवाई टिकट वितरण गरेपनि विभिन्न कारण देखाउँदै उडान नगरेपछि यात्रुहरु अलपत्र परेका छन् । एयरलाइन्सले यात्रुहरुलाई विमानस्थलमा बोलाउने र फर्काउने गरेको सिमकोट गाउँपालिका–८ का छक्कबहादुर शाहीले बताए ।

    नेपाली सेनामा कार्यरत रहेका शाही २० दिनको लागि घर विदामा जानका लागि पाल्पाबाट नेपालगन्ज आइपुगेका उनले भने ‘दुई हप्ता बितिसक्यो, अब घर कसरी जानु ? बिदा नै सकिन थाल्यो । जहाज उड्दैन ।’ नेपालकै ७७ वटा जिल्लामध्ये सडक यातायातले नछोएको हुम्ला जिल्लामा सरकारी स्वामित्वको जहाजले समेत उडान नगर्दा समस्या भएको शाहीले गुनासो गरे ।

    एयरलाइन्सले नियमित उडान गर्ने भने पनि कहिले प्राविधिक समस्या त कहिले कर्मचारी समस्या देखाउँदै उडान स्थगित गर्दै आएको छ । उडान नहुँदा यात्रु अलपत्र परिरहेको र एयरलाइन्सले आर्थिक भार खेप्दै आएको नेपालगन्ज विमानस्थलमा कार्यरत एयरलाइन्सका एक कर्मचारीले बताए । उनले भने, ‘कर्णालीका चार जिल्ला र बाजुराको कोल्टीको उडान तालिकासमेत प्रभावित भएको छ ।

    सीताले बोक्दैन यात्रु !

    निजी विमानले कर्णाली लगायतका जिल्लामा उडान भर्दै आएकोसीता एयरलाइन्स जहाजले यात्रु बोक्न छोडेको छ । समीट, तारा, सीता एयरलाइन्स लगायतका निजी कम्पनीका कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा, बाजुरा लगायतका जिल्लामा सरकारसँग यात्रु बोक्न सम्झौता गरे पनि हालसम्म सीता एयरलाइन्सले यात्रु बोकेर उडान नगरेको कर्णालीबासीको गुनासो छ ।

    सीताले सरकारी सम्झौताविपरित कार्गो सामान बोक्ने गरेको सीता एयरलाइन्समा कार्यरत एक कर्मचारीले बताए । यात्रुभन्दा कार्गोमा ५० प्रतिशत बढी नाफा हुने भएपछि यात्रु बोक्न छाडेको ती कर्मचारीले बताए । सीताले कर्णालीका विभिन्न जिल्लामा नेपाल खाद्य संस्थानको चामल ढुवानी गरिरहेको छ । ‘कार्गोमा नाफा धेरै हुने भएपछि यात्रु बोकेका छैनौं,’ ती कर्मचारीले भने ।

    नेपालगन्जबाट प्रतिकेजी रु.१३० देखि रु.१७० सम्म भाडा लिने गरिएको छ । भाडादरमा एकरुपता छैन भने नेपालगन्ज विमानस्थलमा हवाई टिकटको दलाली गर्ने गिरोह सक्रिय रहेकाले पनि सर्वसाधारणलाई जहाजको टिकट पाउनै मुस्किल छ । हवाई टिकटमा एयरलाइन्स र कार्गो कम्पनीबीच भागवण्डा हुँदा सर्वासाधारण भने टिकट नपाएर महिनौदेखि नेपालगन्जका होटलमा बस्न बाध्य छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...