News Portal

कर्णालीका यात्रुको गुनासो : नेपाल एयरलाइन्स उड्दैन, सीताले बोक्दैन !

हिमाली संचार संवाददाता
४८९ पटक

चैत १८, सोमबार : नेपाल एयरलाइन्सका कर्मचारीको मनपरीका कारण यात्रुहरुले सास्ती खेप्नुपरेको छ। नेपालगन्जस्थित एयरलाइन्सको कार्यालयले दुई हप्ताअघि हवाई टिकट वितरण गरेपनि विभिन्न कारण देखाउँदै उडान नगरेपछि यात्रुहरु अलपत्र परेका छन् । एयरलाइन्सले यात्रुहरुलाई विमानस्थलमा बोलाउने र फर्काउने गरेको सिमकोट गाउँपालिका–८ का छक्कबहादुर शाहीले बताए ।

नेपाली सेनामा कार्यरत रहेका शाही २० दिनको लागि घर विदामा जानका लागि पाल्पाबाट नेपालगन्ज आइपुगेका उनले भने ‘दुई हप्ता बितिसक्यो, अब घर कसरी जानु ? बिदा नै सकिन थाल्यो । जहाज उड्दैन ।’ नेपालकै ७७ वटा जिल्लामध्ये सडक यातायातले नछोएको हुम्ला जिल्लामा सरकारी स्वामित्वको जहाजले समेत उडान नगर्दा समस्या भएको शाहीले गुनासो गरे ।

एयरलाइन्सले नियमित उडान गर्ने भने पनि कहिले प्राविधिक समस्या त कहिले कर्मचारी समस्या देखाउँदै उडान स्थगित गर्दै आएको छ । उडान नहुँदा यात्रु अलपत्र परिरहेको र एयरलाइन्सले आर्थिक भार खेप्दै आएको नेपालगन्ज विमानस्थलमा कार्यरत एयरलाइन्सका एक कर्मचारीले बताए । उनले भने, ‘कर्णालीका चार जिल्ला र बाजुराको कोल्टीको उडान तालिकासमेत प्रभावित भएको छ ।

सीताले बोक्दैन यात्रु !

निजी विमानले कर्णाली लगायतका जिल्लामा उडान भर्दै आएकोसीता एयरलाइन्स जहाजले यात्रु बोक्न छोडेको छ । समीट, तारा, सीता एयरलाइन्स लगायतका निजी कम्पनीका कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा, बाजुरा लगायतका जिल्लामा सरकारसँग यात्रु बोक्न सम्झौता गरे पनि हालसम्म सीता एयरलाइन्सले यात्रु बोकेर उडान नगरेको कर्णालीबासीको गुनासो छ ।

सीताले सरकारी सम्झौताविपरित कार्गो सामान बोक्ने गरेको सीता एयरलाइन्समा कार्यरत एक कर्मचारीले बताए । यात्रुभन्दा कार्गोमा ५० प्रतिशत बढी नाफा हुने भएपछि यात्रु बोक्न छाडेको ती कर्मचारीले बताए । सीताले कर्णालीका विभिन्न जिल्लामा नेपाल खाद्य संस्थानको चामल ढुवानी गरिरहेको छ । ‘कार्गोमा नाफा धेरै हुने भएपछि यात्रु बोकेका छैनौं,’ ती कर्मचारीले भने ।

नेपालगन्जबाट प्रतिकेजी रु.१३० देखि रु.१७० सम्म भाडा लिने गरिएको छ । भाडादरमा एकरुपता छैन भने नेपालगन्ज विमानस्थलमा हवाई टिकटको दलाली गर्ने गिरोह सक्रिय रहेकाले पनि सर्वसाधारणलाई जहाजको टिकट पाउनै मुस्किल छ । हवाई टिकटमा एयरलाइन्स र कार्गो कम्पनीबीच भागवण्डा हुँदा सर्वासाधारण भने टिकट नपाएर महिनौदेखि नेपालगन्जका होटलमा बस्न बाध्य छन् ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...