News Portal

अविनासले चुमे नाट्यश्वर म्यूजिक अवार्ड !

हिमाली संचार संवाददाता
८८३ पटक

काठमाण्डौँ, १७ चैत : ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को आधुनिक भिडियो सम्पादन विधा तर्फबाट भिडियो सम्पादक अविनास डिसीले उपाधि जितेका छन् ।

नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले सम्पादक डिसीको म्युजिक कलालाई अवार्ड हस्तान्तरण गरेको हो । दाङ तुलसीपुर उपमहानगरपालिका वडा न. ११ कटाह निवासी डिसीले आधुनिक ‘सातै जन्म’ गीतको सम्पादनबाट यो अवार्ड हात पारेका हुन् । यस अगाडी डिसीले लोकदोहोरी ‘अछुत’ गीतको सम्पादनबाट एपिक नेपाल म्युजिक अवार्डको उपाधि हात पारेका थिए ।

अवार्ड हात पारेसँगै उनले आफुले जिवनमा गरेको संर्घषको फल प्राप्त गरेको र अझै पनि गीत संगीतको क्षेत्रमा निरन्तर संर्घषमै रहने बताए ।

उक्त अवार्ड समारोहमा तामाङ सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पप विधामा कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो । बिगत लामो समय देखि विभिन्न कारणले मिति सर्दै आएको नाट्यश्वर म्युजिक अवार्ड २०७५ चैत्र १७ गते काभ्रेको बनेपामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...