News Portal

अविनासले चुमे नाट्यश्वर म्यूजिक अवार्ड !

हिमाली संचार संवाददाता
८६० पटक

काठमाण्डौँ, १७ चैत : ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को आधुनिक भिडियो सम्पादन विधा तर्फबाट भिडियो सम्पादक अविनास डिसीले उपाधि जितेका छन् ।

नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले सम्पादक डिसीको म्युजिक कलालाई अवार्ड हस्तान्तरण गरेको हो । दाङ तुलसीपुर उपमहानगरपालिका वडा न. ११ कटाह निवासी डिसीले आधुनिक ‘सातै जन्म’ गीतको सम्पादनबाट यो अवार्ड हात पारेका हुन् । यस अगाडी डिसीले लोकदोहोरी ‘अछुत’ गीतको सम्पादनबाट एपिक नेपाल म्युजिक अवार्डको उपाधि हात पारेका थिए ।

अवार्ड हात पारेसँगै उनले आफुले जिवनमा गरेको संर्घषको फल प्राप्त गरेको र अझै पनि गीत संगीतको क्षेत्रमा निरन्तर संर्घषमै रहने बताए ।

उक्त अवार्ड समारोहमा तामाङ सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पप विधामा कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो । बिगत लामो समय देखि विभिन्न कारणले मिति सर्दै आएको नाट्यश्वर म्युजिक अवार्ड २०७५ चैत्र १७ गते काभ्रेको बनेपामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...