News Portal

जाजरकोटमा काँग्रेस नेता स्वर्गिय रविन्द्रको सालिक अनावरण

हिमाली संचार संवाददाता
४०९ पटक

जनक केसी 
चैत १७, जाजरकोट : नेपाली काँग्रेस जाजरकोटका पुर्व नेता, नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका पुर्व सदस्य तथा पाँच तारा युवा संरक्षक मन्च जाजरकोटका पुर्व अध्यक्ष, युवा समाजसेवी स्वर्गिय रविन्द्र शम्सेर शाहको अर्धकदको शालिक जाजरकोट खलंगामा अनावरण गरिएको छ । दुइ वर्ष अघि सदरमुकाम खलंगामा विभत्स ढंगले हत्या गरिएका शाहको अर्धकदको सालिक भव्य स्मृति सभाको आयोजना गरेर अनावरण गरिएको हो ।

भेरी नगरपालिका वडा नम्वर ३ थाप्लेचौरमा विभत्स ढंगले हत्या गरिएका शाहको सम्मान र सम्झनामा निर्माण गरिएको अर्धकदको सालिक जिल्ला समन्वय समितिका प्रमुख मनवहादुर रावलले एक कार्यक्रमका विच अनारवरण गरे ।

पुर्व साँसद राजीवविक्रम शाह, पाँचतारा युवा संरक्षक मन्चका कर्मचारी र अन्यको सहयोगमा चार लाख वढीको लागतमा निर्माण गरिएको शाहको सालिक जिल्ला समन्वय समितिका प्रमुख रावलले अविरको टीका र सयपत्रीको माला लगाएर अनावरण गरे ।

शाहको दोस्रो स्मृति दिवसको अवसरमा पाँच तारा युवा संरक्षक मन्च जाजरकोटले सदरमुकाम खलंगामा आयोजना गरेको स्मृति सभाको अवसरमा मन्चको कार्यालय रहेको शाहकै घरको आँगनमा सालिक अनावरण गरिएको हो । सालिक अनावरण तथा स्मृति सभाको कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका प्रमुख रावलले रविन्द्र शाहको हत्या पास्वीक र निर्मम मात्र नभइ गम्भीर अपराधीक भएको वताए ।

स्वर्गिय रविन्द्रका वुवाआमाले न्याय नपाउनु भनेको आम जनताले न्याय नपाउनु जस्तै भएको उनले वताए ।कार्यक्रममा पुर्व साँसद गोविन्दविक्रम शाहले युवा समाजसेवी रविन्द्रको हत्याले जाजरकोटको युवा अभियानमा ठुलो क्षति पुगेको वताए । अपराधिक समुहले रविन्द्रको हत्या गरेर जिल्लाको सामाजिक विकासको लागि शसक्त युवा अभियानमा ठेस पुरयाएको वताए ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले युवा समाजसेवी तथा नेता रविन्द्र शाहको मृत्युले जिल्लालाइ ठुलो क्षति पुगेको वताए । उनले रविन्द्रको परिवारमाथिको अन्याय र अपराध सारा जिल्लावासी माथिको अन्याय र अपराध भएको वताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले युवा समाजसेवी रविन्द्रको हत्या गर्नेहरु चरम अपराधी भएको र उनीहरुलाइ कुनै पनि हालतमा कारवाहि हुनै पर्ने वताए । समाज र देशले आसा गरेको भरपर्दाे युवाको हत्या गर्नु भनेको समाज परिवर्तनको सकरात्मक यात्रामा अवरोध सिर्जना गर्नु मात्र भएको प्रमुख जिल्ला अधिकारी वस्नेतले वताए ।

हत्या र आतंकले समाज विगार्ने वाहेक कुनै पनि गतिलो काम हुनै नसक्ने उनको भनाइ थियो । पाँच तारा युवा संरक्षक मन्चकी उपाध्यक्ष आसा कार्कीले स्वागत मन्तव्य दिएको कार्यक्रम मन्चका अध्यक्ष रामजंग शाहको अध्यक्षतामा भएको थियो ।

स्मृति सभामा जिल्लाका विभिन्न राजनैतिक दल, पत्रकार,नागरिक समाज, सरकारी कर्मचारी जनप्रतिनिधि, सर्वसाधारण र अन्य सरोकारवाला हरुको व्यापक उपस्थिति रहेको थियो । स्वर्गिय शाहको २०७३ चैत्र १५ गते अपराधिक समुहले निर्मम ढंगले हत्या गरेको थियो ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...