News Portal

कांग्रेसबाट निर्वाचित मेयरले पुर्‍याए घरघरमा पाइपलाइनबाट ग्याँस,ओली सरकार गफमा मात्रै सिमित !

हिमाली संचार संवाददाता
१०३० पटक

काठमाडौँ – निर्वाचनका बेला जनतालाई झुक्याउन घरघरमा पाइपलाइनबाट ग्याँस पुर्याउने दावी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्को भाँच्न नसकिरहेको बेला कांग्रेसबाट निर्वाचित एक जना मेयरले जनताको चुल्हो–चुल्होमा पाइपलाइनबाट ग्याँस पुर्याएका छन् ।

ओलीको स्टाइलमा कुनै हल्लाखल्ला र गफ नगरीकनै कांग्रेसी मेयरको क्षेत्रमा प्रशंसनीय काम भएको छ । कांग्रेसबाट उम्मेदवार भएका भीम पराजुलीले जितेको विराटनगर महानगरपालिकामा अहिले पाइपलाइनबाट ग्याँस वितरण भइरहेको छ । विराटनगर महानगरपालिका–१४ का घरघरमा पाइपबाट ग्याँस पुगेको छ ।

स्थानीय स्तरमा पाइपलाइन सञ्जाल बनेपछि गोवरबाट उत्पादन भएको ग्याँस चुल्होसम्म पुगेको हो । गौसेवा सदन विराटनगर महानगरपालिका–१४ मा गौशाला सञ्चालन गरेको छ ।

गौशालाको गोवरबाट वायोग्याँस उत्पादन गरेर जनताको घरदैलोमा पुगेको छ । केहीको घरमा ग्याँस बलिसकेको छ भने केहीको घरमा पाइपलाइन पुग्ने प्रक्रियामा रहेको छ ।

स्थानीय स्तरमा पाइपलाइन सञ्जाल बनेपछि गोवरबाट उत्पादन भएको ग्याँस चुल्होसम्म पुगेको हो । गौसेवा सदन विराटनगर महानगरपालिका–१४ मा गौशाला सञ्चालन गरेको छ ।

गौशालाको गोवरबाट वायोग्याँस उत्पादन गरेर जनताको घरदैलोमा पुगेको छ । केहीको घरमा ग्याँस बलिसकेको छ भने केहीको घरमा पाइपलाइन पुग्ने प्रक्रियामा रहेको छ ।

वायोग्याँस उत्पादनका लागि गौशालामा रहेका २ सय ७ गाईको गोवर संकलन गर्ने गरिएको गौसेवा सदनका प्रबन्धक सन्तोष यादवले जानकारी दिए ।

स्थानीय स्तरका ३२ घरमा ग्याँस पुर्याउन पाइप जडान गरिएको छ । ग्याँस प्लान्टबाट घरहरू ३ सय मिटर आसपास रहेका छन् । विश्व बैंकको ८४ लाख रुपैयाँ लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धनले ग्याँस घरघरमा पुगेको यादवले बताए ।

गौशाला विक्रम सम्वत् २०४२ सालदेखि सञ्चालनमा छ । गौशालाबाट उत्पादित गोवरलाई सदुपयोग गर्न ग्याँस उत्पादन सुरु गरिएको यादवले बताए । ग्याँस उत्पादन गर्न गौशाला क्षेत्रमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने काम पूरा भएको छ ।

ग्याँस खर्च भएको र बिल भुक्तानीको हिसाबकिताब गर्न ग्याँसको रेगुलेटरसँगै मिटर समेत जडान गरिएको छ । मोटरमा आएको नम्बरका आधारमा गौसेवा सदनलाई बिल भुक्तानी गर्नुपर्ने छ ।

पाइपलाइनबाट घरघरमा ग्याँस पुर्याउने गफ दिएर सरकारको प्रधानमन्त्री भएका प्रधानमन्त्रीले केही गर्न नसकिरहेको बेला कांग्रेसी मेयरले जितेको विराटनगरमा भने गफ र हल्ला बिना नै चुल्होचुल्होमा पाइपलाइनबाट ग्याँस पुगेको छ ।
मकालुखबर

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...