News Portal

बन्धक बनाएका १२ नेपाली महिलाको दिल्लीबाट उद्धार

हिमाली संचार संवाददाता
४२८ पटक

सुरेशराज न्यौपाने
इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिना देखि नयाँदिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना, द्वारकामा बन्धक बनाएर राखिएका १२ जना नेपाली महिलाको शनिबार मध्यराति उद्धार गरिएको कान्तिपुरमा समाचार छ ।

वैदेशिक रोजगारीमा संलग्न गिरोहले ती महिलाहरुलाई विगत केही महिनादेखि नयाँदिल्लीको ग्रामीण भेगका रुपमा चिनिने ती ठाउँमा कोठा भाडामा लिएर बन्धक बनाएर राखेका थिए। उनीहरुमध्ये ८ जनालाई कुतुब बिहारस्थित एउटा घरमा दुईवटा कोठामा र बाँकी चार जनालाई श्यामबिहारमा एउटा कोठामा राखिएको थियो।

दिल्ली महिला आयोग, दिल्ली प्रहरी, नेपाली दूतावास र केआई नेपालको संयुक्त टोलीले शनिबार राति छापामारेर उनीहरुको उद्धार गरेको हो। उद्धार गरिएका महिलाहरुले बताए अनुसार केहीलाई एक साता अघि र केहीलाई दुई महिनाअघि नै दिल्ली पुर्याइएको हो। उनीहरुलाई नेपालगञ्ज, सुनौली, काकडभिट्टा नाकाहुँदै बसमा ल्याइएको हो।

वैदेशिक रोजगारको गिरोहका एक सदस्य उदय रानाले उनीहरुलाई आकर्षक तलब सुविधा पाउने गरी घरेलु कामदारका रुपमा कुवेत, इराक र दुबई पठाइदिने प्रलोभन दिएको थियो। त्यसका लागि उनीहरुले रानालाई पासपोर्ट र बीसहजार देखि दुईलाखसम्म नगद बुझाएका थिए।

(दिल्लीमा नेपाली महिला उद्धार गरिएकाे क्षेत्र।)

रानाको गिरोहले झापा, दाङ, धादिङ, मकवानपुर, रसुवा, कैलाली र प्यूठान घर भएका यी नेपाली महिलाहरुलाई सेटिङ मिलाएर सकेसम्म दिल्ली नभए म्यानमार हुँदै गन्तव्यमा पुर्याउने योजना बुनेको थियो। २२ देखि ४२ उमेरका यी महिलाहरुमध्ये एकजना मालदिभ्स र दुई कुवेतमा काम गरेर फर्किसकेका छन्।

करिब डेढ महिनाअघि पनि वैदेशिक रोजगारीका लागि भन्दै म्यानमारको बाटो हुँदै खाडी पठाउन लागिएका १७९ नेपाली महिलाहरुको उद्धार गरिएको थियो। मणिपुरको प्रहरी र दिल्ली दूतावासको समन्वयमा म्यानमारको सिमामा रहेका दर्जनौं होटलमा छापा मारेर ती महिलाहरुको उद्धार गरिएको थियो। शनिबारको घटनाले उक्त गिरोहले नेपाली महिलाहरुलाई गैरकानुनी रुपमा विदेश पठाउन म्यानमार रुटलाई अझै पनि प्रयोग गरिरहेको देखाउँछ।

उद्धार गरिएका महिलाहरुलाई आवश्यक कानुनी प्रक्रियापछि नेपाल फर्काइने बताइएको छ। उनीहरुका तर्फबाट रानाविरुद्ध छावला थानामा एफआइआर दायर गरिएको छ। मुद्दालगायतका कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काउने प्रक्रिया सुरु हुने केआई नेपालका दिल्ली प्रतिनिधि नविन सिहंले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...