News Portal

  • आज २०७५ साल चैत १७ गते, सन् २०१९ मार्च ३१ तारिख आइतबारको राशिफल

    हिमाली संचार संवाददाता
    ४९४ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। अस्वस्थताले लक्ष्यमा पुग्न समस्या पर्नेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ। परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    लगनशील कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। व्यावसायिक काममा आम्दानी बढ्नेछ। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। अतिथिका रूपमा सेवा सत्कार प्राप्त हुनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    अरूको मुख ताक्ने बानीले पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। परिबन्धले समस्या निम्त्याउन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला। अध्ययनमा पनि त्यति समय दिन नसकिएला।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    दीर्घकालीन महत्त्वका काममा निर्णय लिन हतार नगर्नुहोला। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। वचन पूरा गर्न नसक्दा बित्थैमा आलोचित भइनेछ। हडबडीले पनि साझेदारी र घर-व्यवहारमा समस्या निम्त्याउनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    परिस्थितिवश आँटेको काम रोकिन सक्छ। खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्न सक्छ। अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। तर प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। आफ्नो स्वामित्वका वस्तुमा भने अरूले दाबी गर्न सक्छन्।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह भने जगाउनेछ।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन् र धन संग्रह पनि हुनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...

    काभ्रेको रिसोर्टमा अनलाइन सट्टेबाजी गर्दै पाँच जना समातिए, मोबाइल र ल्यापटपसहित पक्राउ

    काभ्रेपलाञ्चोक, असार ३१ – काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पाँच जना पक्राउ...

    अमेरिकामा सडक दुर्घटनामा परी २ नेपाली विद्यार्थीको मृत्यु

    लुइसियाना, असार ३१ – अमेरिकाको लुइसियाना राज्यमा सडक दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीले ज्यान...

    घुस काण्डमा मुछिएपछि राजीनामा दिन बाध्य बने मन्त्री गुप्ता

    काठमाडौं, असार ३१ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस...

    एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी

    टोकियो, असार ३१ — गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा...