News Portal

“अप्रिल फुल”मा माइक्रोसफ्टले लगायो प्रतिबन्ध

हिमाली संचार संवाददाता
५३३ पटक

एजेन्सी : यो वर्ष माइक्रोसफ्ट कम्पनीमा कुनैपनि अप्रिल फुल प्रांक हुनेछैन । किनकी माइक्रोसफ्ट कम्पनीले आफ्ना कर्मचारीहरुलाई अप्रिल फुलको दिन कुनैपनि कर्पोरेट प्रांक नगर्न निर्देशन दिएको छ । माइक्रोसफ्टकी मार्केटिङ विभाग प्रमुख क्रिस क्यापोसेलाले जारी गरेको निर्देशनमा कर्मचारीहरुलाई आगामी अप्रिल १ मा मनाइने अप्रिल फुल डे मा कुनैपनि अफवाह फैलाउने वा ढाँट्ने काममा नलाग्न भनिएको छ ।

निर्देशनमा भनिएको छ, ‘कम्पनीले पछिल्लो दिनमा सामना गरिरहेको आलोचनालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुलाई अप्रिल फुल दिवसको कुनैप्नि स्टन्टमा सहभागी नहुन आग्रह गरिन्छ। यस्ता गतिविधिमा आफ्नो समय तथा श्रोत खेर फाल्नु फाइदाजनक हुँदैन ।’ साथै त्यस्ता स्टन्टबाजीको सकारात्मक असर कम हुने र उल्टै अनिच्छित तथा अकल्पनीय खालका समाचारको चक्र सुरु हुने पनि निर्देशनपत्रमा लेखिएको छ ।

माइक्रोसफ्टले आफ्नो अफिस एसिस्टेन्ट टुल क्लिप्पी पुनस्र्थापित गरी अर्को दिनमै हटाएको एकदिन पछि अप्रिल फूलमाथि प्रतिबन्ध लगाउने यस्तो आदेश आएको हो । यसअघिका वर्षहरुमा प्रसस्तै अप्रिल फुल प्रांकहरुमा सहभागी भएको माइक्रोसफ्टले पहिलोपटक अप्रिल फुलमाथि बन्देज लगाएको हो ।

सन् २०१५ मा माइक्रोसफ्टले अप्रिल फुल मनाउँदै विन्डोज फोनका लागि एमएस डस मोबाइल एप लञ्च गरेको घोषणा गरेको थियो । सन् २०१३ मा गुगल र माइक्रोसफ्ट दुबैले अप्रिल फुल मनाउँदै एक अर्काको खिल्ली उडाएका थिए ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...