News Portal

दैलेखको भगवतिमाईमा एक व्यक्तिको शव फेला

हिमाली संचार संवाददाता
६५२ पटक
कृष्ण प्रसाद अधिकारी

दैलेख, १६ चैत : दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. ३ मेहेल्तोलीको सान्ताडामा एक व्यक्ति मृत फेला परेका छन् । सोहि ठाउँँका ४७ बर्षिया हेमराज रेग्मी शनिवार विहान मृत फेला परेका हुन् । उनको शव मेहेल्तोलीको भराईनीकटी धनधने सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँ अनुसार मृतक रेग्मी (चैत १३ गते) विहिवार घरबाट मेहेल्तोली गाउँ जान्छु भन्दै निस्किएका थिए । घरबाट निस्किएको तीन दिनसम्म पनि घर नफर्कीएपछि परिवारले खोजी सुरु गरेको थियो ।

खोजी गर्दै जाँदा उनको शव शनिवार विहान मृत अवस्थामा फेला परेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरिक्षक आचार्यले दिनुभएको जानकारी अनुसार रेग्मीको मृत्युको कारण खुलेको छैन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...