News Portal

नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस सुर्खेत सहित देशभर मनार्इयो

हिमाली संचार संवाददाता
४१४ पटक

सुर्खेत, १६ चैत : पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस सुर्खेत सहित देशभर विभिन्न कार्यक्रमको गरेर मनार्इएको छ। महासंघको स्थापना दिवसको अवसरमा पत्रकार महासंघ सुर्खेतले आज वीरेन्द्रनगरमा प्रभातफेरि कार्यक्रम गरेको छ।

स्थानिय मंगलगडी चोकबाट शुरुभएको प्रभातफेरी बीरेन्द्रनगर बजार परिक्रम गरी पिपल चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो। सभालार्इ सम्बोधन गर्दै पत्रकार महासंघ कर्णालीका अध्यक्ष दुर्गा थापाले पत्रकारिताको विकास, प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारको हकहितका लागि सशक्त रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो।

उहाँले संवदेनशील भएर आफ्नो जिम्मेवारी बहन गर्न संचारमाध्यम र पत्रकारहरुलाई अपील गर्नुभएको छ।
कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले बर्तमान सरकार प्रेस स्वतन्त्रालार्इ अकुश लगाउन खोजेको आरोप लागाउदै पेशागत हकहितका लागि सबै पत्रकारहरु एक भएर बढ्न आबश्यक रहेको औल्याउनुभयो।

यस्तै नेपाल प्रेस संगठनका केन्द्रिय सदस्य दिपक बुढाले प्रदेश सरकारले आफै संञ्चारमाध्यम संञ्चालन गर्नुको साटो यही रहेका संञ्चारसंस्थालार्इ व्यवस्थित गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा प्रेस युनियन सुर्खेतका सचिव मधुवन बिसीले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था नाजुक रहेको भन्दै सम्बन्धि सबै पक्षलाई ऐन कार्यान्वयनमा गम्भीर हुन आग्रह गर्नुभएको छ। महासंघका अध्यक्ष भारतीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन सचिव सुदिप पुरीले गर्नुभएको हो।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...