News Portal

नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस सुर्खेत सहित देशभर मनार्इयो

हिमाली संचार संवाददाता
३७१ पटक

सुर्खेत, १६ चैत : पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस सुर्खेत सहित देशभर विभिन्न कार्यक्रमको गरेर मनार्इएको छ। महासंघको स्थापना दिवसको अवसरमा पत्रकार महासंघ सुर्खेतले आज वीरेन्द्रनगरमा प्रभातफेरि कार्यक्रम गरेको छ।

स्थानिय मंगलगडी चोकबाट शुरुभएको प्रभातफेरी बीरेन्द्रनगर बजार परिक्रम गरी पिपल चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो। सभालार्इ सम्बोधन गर्दै पत्रकार महासंघ कर्णालीका अध्यक्ष दुर्गा थापाले पत्रकारिताको विकास, प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारको हकहितका लागि सशक्त रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो।

उहाँले संवदेनशील भएर आफ्नो जिम्मेवारी बहन गर्न संचारमाध्यम र पत्रकारहरुलाई अपील गर्नुभएको छ।
कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले बर्तमान सरकार प्रेस स्वतन्त्रालार्इ अकुश लगाउन खोजेको आरोप लागाउदै पेशागत हकहितका लागि सबै पत्रकारहरु एक भएर बढ्न आबश्यक रहेको औल्याउनुभयो।

यस्तै नेपाल प्रेस संगठनका केन्द्रिय सदस्य दिपक बुढाले प्रदेश सरकारले आफै संञ्चारमाध्यम संञ्चालन गर्नुको साटो यही रहेका संञ्चारसंस्थालार्इ व्यवस्थित गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा प्रेस युनियन सुर्खेतका सचिव मधुवन बिसीले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था नाजुक रहेको भन्दै सम्बन्धि सबै पक्षलाई ऐन कार्यान्वयनमा गम्भीर हुन आग्रह गर्नुभएको छ। महासंघका अध्यक्ष भारतीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन सचिव सुदिप पुरीले गर्नुभएको हो।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...