News Portal

विवेकशील साझाको अख्तियारलाई प्रश्न : ठूलो माछा कता छ ?

हिमाली संचार संवाददाता
४४७ पटक

काठमाडौं, १५ चैत : विवेकशील साझा पार्टीले ठूला माछा समाउ अभियान अन्तर्गत प्रदर्शन गरेको छ । सो पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टङ्गालमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा राष्ट्रिय झण्डासहित सहभागी विवेकशीलका नेता कार्यकर्ताले ‘ठूलो माछा कता छ, सिंहदरवार जता छ’ भन्ने प्लेकार्ड बोकेका थिए । यस्तै सो पार्टीले गत फागुन १४ गते भ्रष्टाचारविरुद्ध ज्ञापनपत्र बुझाएको थियो ।

विवेकशील साझा पार्टीले बाइडबडी, ३३ केजी सुन तसकरी, मेलम्ची लगायतमा भ्रष्टाचार भएको भन्दै कारवाही गर्न सरकारलाई दवाव दिँदै आएको छ । शुक्रबार भ्रष्टाचारविरुद्ध काठमाडौ लगायत सातै प्रदेशमा प्रदर्शन गरेको सो पार्टीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...