News Portal

  • चिटको भरमा सवारी चलाउन बाध्य २२ हजार चालक, ट्राफिकलाई चेकजाँचमा कठिनाइ !

    हिमाली संचार संवाददाता
    ५०९ पटक

    नेपालगन्ज, १५ चैत :  सरकारले पुरानो किसिमको सवारीचालक अनुमतिपत्र खारेज गर्दै २०७२ सालमा मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स जारी गर्न सुरु गर्यो । ट्रायल दिएर लाइसेन्स कार्ड लिनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । यातायात व्यवस्था विभागले समयमै लाइसेन्स वितरण गर्न नसक्दा धेरै चालक ट्रायल पास गरेको कागज (चिट) बोकेर हिड्न बाध्य छन् ।

    तयारीबिना पुरानो लाइसेन्स खारेज गर्दै स्मार्ट लाइसेन्स सुरु गरेपछि नविकरण गरेका र ट्रायल पास गरेका सवारी चालक लाइसेन्सविहीन छन् । यातायात व्यवस्था कार्यालय बाँकेमा मात्रै २०७३ साउन महीनादेखि हालसम्म ट्रायल पास र पुरानो लाइसेन्स नविकरण गरेका ६० हजारमध्ये ३८ हजारले मात्रै स्मार्ट लाइसेन्स पाएका छन् ।

    कार्यालयका अनुसार अझै २२ हजारले स्मार्ट लाइसेन्स पाएका छैनन् । स्मार्ट लाइसेन्सका लागि लिखित र प्रयोगात्मक दुवै किसिमका परीक्षा दिई पास भएका र नविकरण गरेकाले हालसम्म स्मार्ट लाइसेन्स पाउन नसक्दा सवारी चालकहरु यातायात व्यवस्था कार्यालयले ट्रायल पास भएपछि राजस्व तिरेपछि कार्यालयले दिएको चिटको भरमा सवारी चलाउन बाध्य छन् ।

    सरकारले पूर्वतयारी बिना स्मार्ट लाइसेन्स लागु गर्दा वितरणमा समस्या देखिएको हो । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स लागु गर्ने योजना ल्याएपछि कार्ड छपाईमा छिटोछरितो गर्न नसकेकै कारण सवारी चालक समस्यामा परेका छन् । सवारी चालक नरेन्द्र रेग्मी भन्छन्, ‘चिटको भरमा कति महीना गाडी चलाउनु ?

    यातायात कार्यालय धाउँदा धाउँदै हैरान भइसकेको गुनासो गरे । ‘सेवाग्राहीले कहिलेसम्म दुख पाउने ? यति सानो काममा पनि सरकारले जनतालाई सेवा दिन सक्दैन भने अरु के आशा गर्ने ?’ पाँच महीनादेखि चिटकै भरमा गाडी चलाइरहेका उनले भने, ‘यातायातका कर्मचारीले विभागबाट लाइसेन्स छापिएर आएको छैन भन्नुहुन्छ ।

    सरकारले स्मार्ट लाइसेस वितरण ०७२ मंसिरदेखि बागमती अञ्चलबाट सुरु गरेको थियो । २०७३ साउनदेखि स्मार्ट लाइसेन्स वितरण देशैभर पुर्याइएको भए पनि ट्रायल पास र नविकरण गरेकाले लामो समय वितिसक्दा पनि लाइसेन्स पाएका छैनन् । सुरुमा लाइसेन्स वितरणमा केही समस्या आएको यातायात कार्यालय बाँकेका खरीदार मुकुन्द केसीले बताए ।

    उनका अनुसार पछिल्लो समयमा विभागले छपाईमा तदारुकता देखाएपछि समस्या सहज हुँदै गएको छ । खरीदार केसीले भने, ‘स्मार्ट लाइसेन्स विभागमार्फत नै स्मार्ट लाइसेन्स छपाई हुने भएकाले जिल्ला तहमा हामीले केही गर्न सक्दैनौं । यस विषयमा विभागले नै चासोका साथ सहजीकरण गरिरहेको छ । अब विस्तारै समस्या हट्दै जाने र वितरण सहज हुन्छ ।

    ट्राफिकलाई चेकजाँचमा कठिनाइ !

    सवारी चालकले चिटको भरमा सवारी चलाउँदा वास्तविक चालक हो कि होइन भन्ने पहिचान गर्न समस्या हुने ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक हिरेन्द्र रोकायको भनाई छ । उनले भने, ‘कतिपय सवारी चालकसँग परिचय खुल्ने कागजात नहुँदा चालकले अर्को व्यक्तिको रसीद बोकेर सवारी चलाउँदा पहिचान गर्न समस्या हुने गर्छ ।

    उहाँका अनुसार ट्रायल पास गरेपछि सम्बन्धित यातायात व्यवस्था कार्यालयले दिने चिटमा चालकको फोटो हुँदैन । ‘चिटमा चालकको फोटो नहुँदा चिटको दुरुपयोग भएको पत्ता लगाउन हामीलाई कठिन छ । एउटाको चिट अर्को चालकले प्रयोग गरे/नगरेको थाहा नहुँदा चेकजाँचमा समस्या छ,’ प्रहरी निरीक्षक रोकायले भने ।

    चिटको दुरुपयोग रोक्न ट्राफिक प्रहरीलाई चुनौती छ भने चिटको भरमा सवारी चलाउने चालक पनि ट्राफिक प्रहरीबाट उत्तिकै पीडित छन् । सही चालकले चिट बोकेर सवारी चलाउँदा पनि ट्राफिक प्रहरीको अनावश्यक केरकार सहनुपरेको सवारी चालकहरु बताउँछन् । ‘लाइसेन्स आएको छैन, चिट देखाउँदा ट्राफिकले धेरै खोजीनिती गर्छन्,’ चालक लालु महतारा भन्छन् ।

    त्यसो त ट्राफिक चेकजाँचका क्रममा स्मार्ट कार्ड सक्कली हो वा नक्कली हो, सम्पूर्ण विवरण कार्डमा छन् कि छैनन् भनेर पत्ता लगाउने कार्ड रिडर मेसिन नहुँदा कठिनाई भइरहेको बताउँदै प्रहरी निरीक्षक रोकायले भने, ‘कतिपयले नक्कली कार्ड बोकेका हुन सक्छन्, हामीसँग स्मार्ट कार्डमा भएको चिप्स पढ्ने मेसिन छैन, नक्कली नै भए पनि छाड्नुपर्ने अवस्था छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...

    भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

    सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान...