News Portal

दलित महिलालाई कालोमोसो प्रकरण : उपप्रमुख र प्रहरी निरीक्षकलाई कारवाही माग !

हिमाली संचार संवाददाता
४१९ पटक

गणेश लम्साल/विराटनगर : दलित महिलालाई अमानबीय यातना दिएको अपराध ढाकछोप गर्न सघाएको भन्दै पथरी शनिश्चरे नगरपालिका उपप्रमुखको राजिनामा र इलाका प्रहरी कार्यालयका प्रमुखलाई कारवाही गर्न दलित अधिकारकर्मीहरुले माग गरेका छन ।

मोरङको पथरी शनिश्चरे नगरपालिका ८ की ३० वर्षीया सारदा बराईलीलाई ५ चैतमा मोसो दलेर सार्वजनिक स्थानमा कुटपिट भएको जघन्य अपराध ढाकछोप गर्न चलखेल गरेको भन्दै उपप्रंमुख यमुना बिष्ट बास्तोलाको राजीनामा र इन्स्पेक्टर कमल बजगाईलाई विभागीय कारवाही माग गरिएको हो ।

बास्तोलाले न्यायीक समितिमा निवेदन लिएर जाँदा पीडितलाई अभद्र व्यवहार गरेको, पीडितलाई झुक्याएर झुठो बयान गर्न लगाएको उनीहरुको आरोप छ । पथरीका इन्स्पेक्टर बजगाईले पीडितलाई झुक्याएर झुठो बयानमा सही गर्न लगाएको र आरोपीहरुलाई सजायबाट छुटकारा दिन लागेको घटनास्थल पुगेर फर्किएका दलित अधिकारकर्मीहरुले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख छ ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11909

‘मलाई मोसो दलेको साँचो हो तर, को को थिए म चिन्दन’ भनेर झुठो कागजमा सही गराईएको प्रतिवेदनमा उल्लेख छ । ‘पीडितलाई न्याय दिलाउन सहयोग गर्नुको साटो उल्टै झन पीडित बनाएर दोषीलाई कानूनी सजायबाट जोगाउन चलखेल गरेकोले पथरी शनिश्चरे नपाकी उपप्रमुख तथा न्यायीक समिति संयोजक रहेकी यमुना बिष्ट बास्तोलाले जनप्रतिनिधि भएर पदमा बसिरहन सुहाउँदैन, उनले राजिनामा दिनुपर्छ, प्रतिबेदनमा भनिएको छ।

झुठो अनुसन्धान गर्ने इन्स्पेक्टर कमल बजगाईलाई बिभागिय कारवाही हुनुपर्छ । दलित अधिकारकर्मी हरुले मोसो दलेको घटनाका सबै आरोपीहरुलाई जातीय बिभेद तथा छुवाछुत कसुर अपराधमा थप मुद्दा दर्ता हुनुपर्ने माग गरेका छन् । फरार भएका तीन आरोपीलाई तुरुन्त पक्राउ गर्न र पीडितको उचित उपचार, क्षतिपुर्तीसहित सुरक्षित पुर्नस्थापना गराउनु पर्नेमा पनि अधिकारकर्मीहरुले जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...