News Portal

डिपोमा चामल नपाएपछि आशु झार्दै घर फर्किन जुनकला !

चामल नपाएपछि सिस्नोले छाक्क टार्छन हिमाली गाँउपालिकाका बासिन्दा ।

हिमाली संचार संवाददाता
६२३ पटक

प्रकाश सिंह
बाजुरा, १४ चैत : हिमाली गाँउपालिका २ बिच्छँयाकी जुनकला बुढा चामल किन्न दुईदिन लगाएर कवाडी डिपोमा पुगिन्, तर त्यहाँ एकदाना पनि चामल नपाएपछि आशु झार्दै घर फर्कीन । ५ जनाको परिवार रहेको जुनकलाका बुवा बिरामी छन्, भने आमा अशक्क्त रहेकी छन् ।

चामल नपाएपछि कवाडी बजारमा रुदै भनिन्, आमा र बुवा आउन सक्नु भएन, म आए, तर चामल नपाएर रितो हात घर जानु परेको वताईन् । चामल किन्ने पैशा पनि गाँउमा मासिक सयकडा ५ रुपैया साँहु बाट रिन मागेर ल्याएको थियो । तर चामल नपाँएको दुखोसो पोखिन् । कोल्टी पुग्न अझै एकदिन लाग्छ, केटी मान्छे बास बस्नु पर्छ आफु जान नसक्ने वताईन् ।

जुनकला जस्तै धर्मा बुढा पनि चामल नपाएर घर फर्किन् । धर्माले श्रीमान ज्यालादारी काम गर्न गएका छन्, आफु चामल किन्न आए तर नपाएपछि रित्तो हात घर जानु परेको वताईन् । अध्यारो मुख लगाउदै कवाडी बजारमा भनिन्, हाम्रो लागि सरकारले पनि कस्तो वेवास्ता गरेको पैशा छ, तर चामल किन्न नपाएको वताईन् । छोराछोरीलाई त पुर्‍याउन सक्दैनौ, आफुहरु भने कुनै दिन भोकै बस्नु परेको जुनकलाले वताईन् । अब चामल नपाएपछि सिस्नोले छाक्क टार्ने उनले वताईन् ।

समयमै ठेकेदारले चामल ढुवानी नगर्दा हिमाली गाँउपालिकामा खाद्य सकंट भएको छ । हिमाली गाँउपालिकाको कवाडी डिपोमा ठेकेदारले ठेक्का असोजमा सम्झौता गरेको भएपनि अहिले सम्म चामल ढुवानी नगर्दा चरम खाद्य संकट भएको हिमाली गाँउपालिका ५ का अध्यक्ष अम्मलाल कार्कीले वताएका छन् ।

बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडी बाट एक साता लाग्ने गरेको छ ।

कवाडी डिपोका लागि खाद्य संस्थान बाजुराले यो बर्ष मात्र ६ हजार कुन्टल चामलको कोटा स्वीकृत गरेको छ । सोही अनुसार ३ जना ठेकेदारले असोज महिनामा सम्झौता गरेको हो, तर अहिले सम्म १५ सय कुन्टल मात्र पुगेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

३ हजार कुन्टल नन्द महतारा, १ हजार बल बहादुर थापा र २ हजार नरि थापाले ढुवानी गर्ने सम्झौता गरेका छन् । बल बहादुर थापाले असोज १८, नरी थापाले असोज १६ र नन्द महतराले असोज ७ ढुवानी गर्ने गरी सम्झौता भएको थियो ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...