News Portal

देउवाकाे लिखित आग्रह किन सुनेनन् प्रधानमन्त्री ओलीले ?

हिमाली संचार संवाददाता
४२७ पटक

काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेलेरै अगाडि बढ्ने संकेत गरेका छन् । प्रमुख निर्वाचन आयुक्त एकलाैटी सिफारिस गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेसलाई नटेर्ने प्रष्ट संकेत गरेका हुन् ।

साेमबार कांग्रेसले केही दिनका लागि बैठक स्थगित गर्न गरेकाे आग्रहलाई बेवास्ता गर्दै प्रमुख निर्वाचन आयुक्तमा बहालवाला सचिव दिनेश थपलियालाई सिफारिस गरेकाे पाइएकाे छ । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा थपलियाकाे नाम प्रमुख प्रतिपक्षी दलका नेता परिषद् सदस्य शेरबहादुर देउवाकाे अनुपस्थितिमै सिफारिस गरेकाे छ ।

सभापति देउवाले साेमबार ३ बजेका लागि बाेलाइएकाे बैठकमा संसदीय दलकाे बैठकका कारण उपस्थित हुन नसक्ने र चैत २२ गतेसम्म पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडाैंबाहिर हुने भएकाले त्यसपछि मात्र परिषद्काे बैठक बाेलाउन परिषद्काे सचिवालयमा लिखित आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओलीले देउवाकाे लिखित आग्रहकाे बेवास्ता गर्दै निर्वाचन आयाेग जस्ताे महत्त्वपूर्ण संवैधानिक निकायकाे प्रमुखमा नियुक्तिका लागि सिफारिस गरिदिए ।

यसअघि पनि प्रधानमन्त्री ओलीले परिषद् सदस्य प्रमुख प्रतिपक्षी दलका नेतालाई सूचना नै नदिईकन बैठक बाेलाएका थिए, जुन बैठकले विभिन्न ५ संवैधानिक आयाेगमा अध्यक्ष नियुक्तिका लागि सिफारिस गरेकाे थियाे । कांग्रेसले संवैधानिक प्रावधानविपरीत परिषद्ले गरेकाे सिफारिसप्रति आपत्ति जनाउँदै संसद बैठकमा समेत विराेध जनाएकाे थियाे ।

यता, संसदीय सुनुवाइ समितिमा पनि परिषद्काे सिफारिसप्रति आपत्ति जनाउँदै सुनुवाइ प्रक्रिया बहिष्कार गरेकाे थियाे । संवैधानिक परिषद्काे कार्यविधिमा अध्यक्षसहित छ जना सदस्य रहने व्यवस्था छ, जसकाे अध्यक्ष प्रधानमन्त्री रहन्छन् भने प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन् । बैठक आह्वान गर्ने अधिकार परिषद्काे अध्यक्षमा रहने र प्रधानमन्त्रीलाई हुने व्यवस्था छ ।

बैठक र बैठकका एजेन्डाबारे सदस्यहरूलाई ४८ घण्टा अगाडि जानकारी दिनुपर्ने कार्यविधिमा स्पष्ट व्यवस्था छ । परिषद्ले गर्ने हरेक निर्णय सर्वसम्मत हुनुपर्छ । त्यस कारण परिषद् सदस्य रहेका प्रतिपक्षी दलका नेतालाई जानकारी नै नगराई प्रधानमन्त्री ओलीले एकलाैटी निर्णय गर्दै आएकाे कांग्रेसकाे आराेप छ ।

`संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दललाई स्वीकार गरिएका कारण परिषद्मा पनि उसकाे प्रतिनिधित्व सुनिश्चित गरिएकाे हुन्छ´, कांग्रेसका एक नेताले भने, `प्रधानमन्त्रीकाे कार्यशैली हेर्दा उहाँले संसदीय व्यवस्थालाई नै समाप्त गर्न खाेज्नुभएकाे हाे कि भन्ने आशंका हामीलाई भएकाे छ ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...