News Portal

काेशीमा फालेकाे रमिलाको शव २६ दिनपछि फेला

हिमाली संचार संवाददाता
५०५ पटक

इटहरी, १३ चैत : मोरङको बेलबारी ४ बाट गत फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी २६ बर्षिया रमिला राईको स्थानीय नेकपाका नेताद्धारा हत्या गरी कोशीमा फालिएको शव फेला परेको छ । हत्या भएको २६ दिनपछि सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव बुधबार कोशी ब्यारेजबाट फेला परेको हो ।

राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी प्रहरीको सहयोगमा मोरङ प्रहरीले राईको शव खोज्न एक साता बढी विशेष टोलि परिचालन गरिएपनि बुधबार कोशी ब्यारेजका स्थानीय युवाहरुको सहयोगमा राईको शव सप्तकोसी नदि बाट फेला पारिएको हो ।

नदिमा बोरामा शव देखेपछि स्थानीयहरुले प्रहरी लाई खबर गरेका थिए । पछि स्थानीय प्रहरीको अनुरोधमा कोशी ब्यारेजका तीनजना युवकले उक्त महिलाको शव करिब डेढ घन्टा लगाएर डुङ्गाको सहयोगमा नदिबाट बाहिर निकालेका थिए ।

हत्या आरोपमा पक्राउ परेका योगेन्द्र गुरुङको बयान अनुसार शव राईको जस्तै देखिएपनि मोरङ प्रहरीले आधिकारिक रूपमा शव पहिचान गरिसकेको छैन । महिलाको शव फेला परेकोबारे मोरङ प्रहरीलाई खबर गरिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरी र राईका आफन्तले शव देखेपछि बेलबारीका रमिला राईकै शव हो या होइन यकिन हुने बुझिएको छ् ।

यस्तो थियो घटना बिवरण !

स्थानीय २६ बर्षिया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका लागी नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङलाई ईलाका प्रहरी कार्यलय बेलबारीको टोलीले ईलामबाट पक्राउ गरेकाे थियाे ।

युवती हराएपछि गुरुङले ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईलाई फोन गरी तनाव भयो,गर्लफ्रेण्ड हराई भन्दै फोन गरेको र अनुसन्धानको सुई उनीतिरै सोझिएपछि केही वकिलको सल्लाहमा उनी भागेको उनले बयान दिएको प्रहरीले बताएको छ ।

बेलबारी ४ बुधबारे निबासी ति महिला पहिलो श्रीमान सँग सम्बन्ध बिच्छेद गरेर माईतीघरमा बस्दै आएकी थिईन । गुरुङका भने श्रीमती र छोराहरु काठमाण्डौमा बस्दै आएका छन । गुरुङ नेकपा एमालेका पुर्ब बेलबारी अध्यक्ष,नोबेल अस्पताल बेलबारीका अध्यक्ष तथा एक साझेदारी बनका समेत अध्यक्ष हुन ।

घटना भएको दिन योगेन्द्रले रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर घरबाट दोहोरीमा जाने भन्दै निस्किएका थिए । सो दिन उनीहरु विराटचौक स्थित हवाना रेष्टुरेण्टमा गएको खुलेको छ । शुक्रबार राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर घर फर्किए । उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई छोडीदिए तर रमिलालाई भने गाडीमै लिएर गएका थिए ।

शुक्रबार निस्केकी रमिला शनिबार विहानपनि घरमा नआएपछि भने परिवारका सदस्यले खोजी गर्न थाले । रमिलाकी वहिनीले योगेन्द्रलाई फोन गरेर सोधिन । योगेन्द्रले राति साढे ११ बजेतिरै रमिलाको घर नजिकै छोडिदिएको जवाफ दिए । तर,रमिला घर आएकी थिइनन् ।

रमिला घर नआएको भनेर परिवारले फोन गरेपछि शनिबार विहानै योगेन्द्र आफै पनि रमिलाको घर आएका थिए । त्यसदिन योगेन्द्र ३ पटक सम्म रमिलाको घरमा गएको र केही पत्ता नलागेपछि योगेन्द्रकै सल्लाह अनुसार प्रहरीमा हुलिया दिएका थिए । युवती हराएपछि योगेन्द्र आफैले पनि इप्रका बेलबारीका इन्स्पेक्टरलाई फोन गरेर मेरी गर्लफेण्ड हराइन, तनाव भयो भनेका थिए ।

युवतीका परिवारको दवावपछि योगेन्द्रले युवतीलाई घरमै बन्धक बनाएर राखेको आशंकामा बेलबारी ४ स्थित योगेन्द्रको घरमा प्रहरीले फागुन २० गते सोमबार खानतलासी गरेको थियो । खानतलासीका क्रममा केही नभेटिएपछि प्रहरी र आफन्तहरु फर्किएका थिए । त्यसको भोलीपल्ट मंगलबार दुवैपक्षविच इलाका प्रहरी कार्यालय बेलबारीमा छलफल समेत चलेको थियो । छलफलका क्रममा ३ दिनसम्म दुवैपक्षले युवतीको खोजतलास गर्ने सहमति बनेको थियो ।

इलाका प्रहरी कार्यालय बेलबारीले विशेष टोली नै खटाएर गाउँलेसँग समन्वय गरेर मोरङको बेतना लगायत आसपासको जंगल क्षेत्रमा बुधबार खोजी गरेका थिए । यस्तै विहिबार गछिया र गोठगाउँ आसपासका खोला किनार र जंगलमा गाउँले र प्रहरीको संयुृक्त टोलीले खोजतलास गरेको थियो । सोही बिषयमा हल्ला चलेपछि काठमाण्डौमा बस्दै आएकी उनकी श्रीमती पनि बेलबारी आएकी थिइन् ।

बुधबार दिउँसो योगेन्द्रले श्रीमतीलाई प्लेन मार्फत विराटनगरबाट काठमाण्डौ पठाएका थिए । योगेन्द्र विराटनगर पुग्दासम्म चालु रहेकोे नेपाल टेलिकमको पोस्टपेड मोबाइल नम्बर योगेन्द्रले त्यसपछि स्विच अफ गरेका थिए । त्यसपछि प्रहरी थप शसंकित बनेको थियो । र घटनाको सुक्ष्म अनुसन्धान थालेको थियो ।

गुरुङले युवतीलाई फागुन १७ गते शुक्रबार राति साँढे ११ बजे घरमै छोडिदिएको भनेर दावी गरेपनि सोही दिन रातिका ‘सिसिटिभी फुटेज’ हेर्दा योगेन्द्रले प्रयोग गर्दै आएको गाडी रातको साँढे १२ बजे इटहरी पश्चिम लागेको र शनिबार विहान साँढे ४ बजे गोठगाउँबाट पुर्व लागेको देखिएको प्रहरी बताउँछ । योगेन्द्रले भनेको कुरा र गाडीको अवस्था हेर्दा नमिलेपछि उनीमाथी प्रहरीले विशेष टोली परिचालन गरेको थियो । पुर्वेलीन्युजबाट

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...