News Portal

सार्वजनिक सेवा प्रवाहका लागि फोटोपत्रकारिता जरुरी

हिमाली संचार संवाददाता
६०३ पटक

चैत्र १३, नेपालगन्ज : सार्वजनिक निकायले प्रवाह गर्ने सेवा सुविधाको प्रभावकारीताका लागि फोटो पत्रकारिता महत्वपूर्ण रहेकोमा जोड दिइएको छ । बुधबारबाट नेपालगन्जमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन सत्रमा फोटो पत्रकारिताले समाजको वास्तविक चित्रण गर्न सक्नेमा समेत जोड दिइएको थियो ।

पारस्परिक जवाफादेहिता परियोजनाअन्र्तगत नेपालनका ३४ जिल्लाका सामुदायिक सन्चारकर्मीहरुका लागि तालिमको आयोजना गरिएको हो । फोटो पत्रकारिता पुर्नताजगी तालिमको उद्घाटन गर्दे नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले समाजमा सीमान्तकृत समुदायको सवालहरुलाई देखाउनको लागि फोटोपत्रकारिता महत्पूर्ण रहेको बताउनुभयो ।

‘फोटोपत्रकारले समाजमा महिला, दलित, जनजाति, अपांग, युवा, बालबालिकाहरुको सवालहरुलाई सन्चारमा ल्याएर वकालत गर्न सक्छन’, उपमेयर थापामगरले भन्नुभयो, ‘फोटोपत्रकारिताका माध्यमबाट स्थानीय निकायले प्रवाह गर्ने सेवा सुविधाहरु र यसको प्रभावकारीताको बारेमा पनि निगरानी गर्नु जरुरी छ ।

नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष रुपा गहराजले सामुदायिक सन्चारकर्मीहरुमा महिलाहरुको सहभागीता बढि देखिएकोमा खुसी व्यक्त गर्नुभयो । ‘समाजमा महिलाहरुको सवाल बाहिर नआइरहेको बेलामा अधिकांश संख्यामा रहेका महिला पत्रकारहरुले महिलासँगका सवालहरुलाई उठाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्’, उपाध्यक्ष गहतराजले भन्नुभयो ।

परियोजना अन्र्तगत एफएचआई ३६०की क्षमता विकास व्यवस्थापक रत्नबाबा तन्डुकारले फोटोपत्रकारिताको शीपलाई राज्यले प्रदान गर्ने शिक्षा, स्वास्थ्य, कृषि, विपद्का विषयमा गरेका कामकारवाहीको निगरानीमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

उपमेयर थापामगरले सहभागीहरुको फोटो खिचेर सुरु गर्नुभएको तीन दिने तालिममा इक्वेल इक्सेसका कार्यक्रम अधिकृत लक्ष्मी श्रेष्ठ, मिडिया आउटरिच म्यानेजर बिशाल रानामगरलगायतले बोल्नुभएको थियो भने आउटरिच एशोशियट भिमबहादुर सार्कीले सन्चालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...