News Portal

सार्वजनिक सेवा प्रवाहका लागि फोटोपत्रकारिता जरुरी

हिमाली संचार संवाददाता
५५९ पटक

चैत्र १३, नेपालगन्ज : सार्वजनिक निकायले प्रवाह गर्ने सेवा सुविधाको प्रभावकारीताका लागि फोटो पत्रकारिता महत्वपूर्ण रहेकोमा जोड दिइएको छ । बुधबारबाट नेपालगन्जमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन सत्रमा फोटो पत्रकारिताले समाजको वास्तविक चित्रण गर्न सक्नेमा समेत जोड दिइएको थियो ।

पारस्परिक जवाफादेहिता परियोजनाअन्र्तगत नेपालनका ३४ जिल्लाका सामुदायिक सन्चारकर्मीहरुका लागि तालिमको आयोजना गरिएको हो । फोटो पत्रकारिता पुर्नताजगी तालिमको उद्घाटन गर्दे नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले समाजमा सीमान्तकृत समुदायको सवालहरुलाई देखाउनको लागि फोटोपत्रकारिता महत्पूर्ण रहेको बताउनुभयो ।

‘फोटोपत्रकारले समाजमा महिला, दलित, जनजाति, अपांग, युवा, बालबालिकाहरुको सवालहरुलाई सन्चारमा ल्याएर वकालत गर्न सक्छन’, उपमेयर थापामगरले भन्नुभयो, ‘फोटोपत्रकारिताका माध्यमबाट स्थानीय निकायले प्रवाह गर्ने सेवा सुविधाहरु र यसको प्रभावकारीताको बारेमा पनि निगरानी गर्नु जरुरी छ ।

नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष रुपा गहराजले सामुदायिक सन्चारकर्मीहरुमा महिलाहरुको सहभागीता बढि देखिएकोमा खुसी व्यक्त गर्नुभयो । ‘समाजमा महिलाहरुको सवाल बाहिर नआइरहेको बेलामा अधिकांश संख्यामा रहेका महिला पत्रकारहरुले महिलासँगका सवालहरुलाई उठाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्’, उपाध्यक्ष गहतराजले भन्नुभयो ।

परियोजना अन्र्तगत एफएचआई ३६०की क्षमता विकास व्यवस्थापक रत्नबाबा तन्डुकारले फोटोपत्रकारिताको शीपलाई राज्यले प्रदान गर्ने शिक्षा, स्वास्थ्य, कृषि, विपद्का विषयमा गरेका कामकारवाहीको निगरानीमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

उपमेयर थापामगरले सहभागीहरुको फोटो खिचेर सुरु गर्नुभएको तीन दिने तालिममा इक्वेल इक्सेसका कार्यक्रम अधिकृत लक्ष्मी श्रेष्ठ, मिडिया आउटरिच म्यानेजर बिशाल रानामगरलगायतले बोल्नुभएको थियो भने आउटरिच एशोशियट भिमबहादुर सार्कीले सन्चालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...