News Portal

  • दार्जिलिङमा भाजपाले बनायो नेपाली भाषी विष्टलाई उम्मेदवार

    हिमाली संचार संवाददाता
    ३६० पटक

    भारतीय जनता पार्टी (भाजपा) ले नेपाली भाषी राजु विष्टलाई दार्जिलिङबाट उम्मेदवार बनाएको छ । दार्जिलिङवासीले नेपालीभाषी उम्मेदवार हुनुपर्ने माग गरेपछि भाजपाले ३३ वर्षीय राजु विष्टलाई उम्मेदवार बनाएको हो ।

    विष्टले मंगलबार आफ्नो उम्मेदवारी नामाकरण समेत गराइसकेका छन् । मणिपुरको काङपोख जिल्लामा जन्मेका विष्टको पश्चिम दिल्लीको पञ्जावी बागमा स्थायी घर रहेको छ भने दार्जिलिङको सिलगढी नजिकै मतिगढाको सैनिकपुरीमा पनि घर रहेको छ । भाजपाले टिकट दिएपछि उनी सोमबार नै दिल्लीबाट दार्जिलिङ पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    दार्जिलिङ फर्किएपछि उनको भव्य स्वागत भएको छ । विष्ट भाजपाका नेता होइनन् तर राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निकट सूर्या फाउन्डेशनका प्रबन्धक निर्देशक हुन् । समाजसेवामा क्रियाशील उनी सूर्या फाण्डेशनकोबाट गरीब तथा जहेन्दार विद्यार्थीको पक्षमा काम गर्छन् । भाजपालाई दुई प्रमुख राजनीतिक दल विमल गुरुङ नेतृत्व गोर्खा जनमुक्ति मोर्चा  र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको गठबन्धनको पनि साथ रहेको छ ।

    विगत दश वर्षयता भाजपाले बाहिरबाट उम्मेद्वारहरू पठाउने गरेको थियो । यसअािघ जसवन्त सिंह र एसएस अहलुवालियाले भाजपाबाट चुनाव जितेका थिए । यसपटक पनि भारजपाले दार्जिलिङका निवर्तमान सांसद तथा केन्द्रीय मन्त्री एसएस आहलुवालियाको नाम घोषणा गरेको थियो । तर दार्जिलिङवासीले त्यसको विरोध गरेपछि विष्टलाई उम्मेदवार बनाइएको हो ।

    दार्जिलिङमा नेपाली भाषीलाई नै उम्मेदवार बनाउने माग आए पछि आफ्नो उम्मेदवारी फिर्ता लिएका आहलुवालियाको विकल्पको रूपमा अन्य शीर्ष नेताहरूको नाम पनि चर्चामा आएका थिए । भाजपा संसदीय बोर्डमा बसेको आकस्मिक बैठकले पहिले आहलुवालियाको ठाउँमा पार्टीका दिग्गज नेताहरू अरूण जेटली र सुभ्रमन्यम स्वामीलाई उम्मेदवार बनाउने चर्चा पनि चलेको थियो ।

    पछि मोदी सरकारमा अर्का राज्यमन्त्री हरदीप सिंह पुरीको नाम पनि चर्चामा आएका थियो । तर अन्त्यमा दार्जिलिङ सीटमा जीत पक्का गर्नको लागि नेपाली भाषीलाई नै उम्मेदवार बनाउने निष्कर्षमा भाजपा संसदीय बोर्ड पुगेको बताइएको छ ।

    विष्टले दार्जिलिङमा केन्द्रीय विश्वविद्यालयको स्थापनाको साथै गोरखा जातीको स्वाभिमानका लागि विकासका काम गरेर गोर्खालीको सपना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

    चिया वगानका कर्मचारीलाई अधिकार दिलाउनुको साथै बन्द अवस्थामा रहेको चिया बगान र लघु उद्योग तथा औद्योगिक क्षेत्रका समग्र विकासका काम गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ३ गतेको राशिफल

    आज असोज ३, २०८२ (सेप्टेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ओली सेनाको सुरक्षाबाट बाहिरिए

    काठमाडौं, असोज २ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल नेपाली सेनाको...

    रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु

    मोरङ, असोज २ – देशकै नमुना र उदाहरणीय नगरपालिकामध्ये पर्ने रंगेली नगरपालिकाले तत्काल सेवा पुनः...

    हर्क–बालेन विवाद सामाजिक सञ्जालमा तातियो

    काठमाडौं, असोज २ – २०७९ सालको स्थानीय निर्वाचनपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं...

    विदेशमा रहेका नेपालीले मतदान पाउनु पर्छ : गृहमन्त्री अर्याल

    काठमाडौं, असोज २ – गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले यसपटक मतदान गर्न...