News Portal

दार्जिलिङमा भाजपाले बनायो नेपाली भाषी विष्टलाई उम्मेदवार

हिमाली संचार संवाददाता
४३८ पटक

भारतीय जनता पार्टी (भाजपा) ले नेपाली भाषी राजु विष्टलाई दार्जिलिङबाट उम्मेदवार बनाएको छ । दार्जिलिङवासीले नेपालीभाषी उम्मेदवार हुनुपर्ने माग गरेपछि भाजपाले ३३ वर्षीय राजु विष्टलाई उम्मेदवार बनाएको हो ।

विष्टले मंगलबार आफ्नो उम्मेदवारी नामाकरण समेत गराइसकेका छन् । मणिपुरको काङपोख जिल्लामा जन्मेका विष्टको पश्चिम दिल्लीको पञ्जावी बागमा स्थायी घर रहेको छ भने दार्जिलिङको सिलगढी नजिकै मतिगढाको सैनिकपुरीमा पनि घर रहेको छ । भाजपाले टिकट दिएपछि उनी सोमबार नै दिल्लीबाट दार्जिलिङ पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

दार्जिलिङ फर्किएपछि उनको भव्य स्वागत भएको छ । विष्ट भाजपाका नेता होइनन् तर राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निकट सूर्या फाउन्डेशनका प्रबन्धक निर्देशक हुन् । समाजसेवामा क्रियाशील उनी सूर्या फाण्डेशनकोबाट गरीब तथा जहेन्दार विद्यार्थीको पक्षमा काम गर्छन् । भाजपालाई दुई प्रमुख राजनीतिक दल विमल गुरुङ नेतृत्व गोर्खा जनमुक्ति मोर्चा  र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको गठबन्धनको पनि साथ रहेको छ ।

विगत दश वर्षयता भाजपाले बाहिरबाट उम्मेद्वारहरू पठाउने गरेको थियो । यसअािघ जसवन्त सिंह र एसएस अहलुवालियाले भाजपाबाट चुनाव जितेका थिए । यसपटक पनि भारजपाले दार्जिलिङका निवर्तमान सांसद तथा केन्द्रीय मन्त्री एसएस आहलुवालियाको नाम घोषणा गरेको थियो । तर दार्जिलिङवासीले त्यसको विरोध गरेपछि विष्टलाई उम्मेदवार बनाइएको हो ।

दार्जिलिङमा नेपाली भाषीलाई नै उम्मेदवार बनाउने माग आए पछि आफ्नो उम्मेदवारी फिर्ता लिएका आहलुवालियाको विकल्पको रूपमा अन्य शीर्ष नेताहरूको नाम पनि चर्चामा आएका थिए । भाजपा संसदीय बोर्डमा बसेको आकस्मिक बैठकले पहिले आहलुवालियाको ठाउँमा पार्टीका दिग्गज नेताहरू अरूण जेटली र सुभ्रमन्यम स्वामीलाई उम्मेदवार बनाउने चर्चा पनि चलेको थियो ।

पछि मोदी सरकारमा अर्का राज्यमन्त्री हरदीप सिंह पुरीको नाम पनि चर्चामा आएका थियो । तर अन्त्यमा दार्जिलिङ सीटमा जीत पक्का गर्नको लागि नेपाली भाषीलाई नै उम्मेदवार बनाउने निष्कर्षमा भाजपा संसदीय बोर्ड पुगेको बताइएको छ ।

विष्टले दार्जिलिङमा केन्द्रीय विश्वविद्यालयको स्थापनाको साथै गोरखा जातीको स्वाभिमानका लागि विकासका काम गरेर गोर्खालीको सपना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

चिया वगानका कर्मचारीलाई अधिकार दिलाउनुको साथै बन्द अवस्थामा रहेको चिया बगान र लघु उद्योग तथा औद्योगिक क्षेत्रका समग्र विकासका काम गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...