News Portal

संचारमन्त्री गोकुल बाँस्कोटा भन्छन् – विप्लवलाई बल पुग्ने गरी समाचार लेखे कारबाही गर्छौ !

हिमाली संचार संवाददाता
४५१ पटक

काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले हिसांलाई प्रोत्साहन गर्ने समाचार प्रकाशन तथा प्रसारण गरे सरकारको घोषित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

अर्धभूमिगत अवस्थामा विभिन्न गतिविधि गरिरहेको विप्लप समूहलाई बल पुग्ने गरी समाचार सम्प्रेषण नगर्न संचारमाध्यमहरू लाई अनुरोध गर्दै मन्त्री बाँस्कोटाले यस्तो चेतावनी दिएका हुन् ।

हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण गर्ने संचारमाध्यम लाई प्रेस स्वतन्त्रतासँग नभई घोषीत कानुनअनुसार कारबाही गर्ने उनले चेतावनी दिए ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १८ औं स्थापना दिवसका अवसरमा काठमाडौँमा शनिबार भएको ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयक अन्तरक्रियामा मन्त्री भने, ‘हिंसा गर्नका लागि कसैले साथ सहयोग नगरौँ, हिंसालाई त्यो बाटो गलत हो भनेर संचारमाध्यमबाट अभिप्रेरित गर्नुपर्छ’, उनले भने, ‘सरकारले सङ्गठित हिंसा गर्न प्रतिबन्धित गरेको छ, त्यस्ता हिंसालाई बल पुग्ने गरी समाचार प्रकाशन, प्रसारण गर्ने संचारमाध्यमलाई कारबाही गर्दा प्रेस स्वतन्त्रता हनन् भएको मान्ने कि नमान्ने ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि केही संचारमाध्यमले विप्लवका गतिविधिलाई बल पुग्ने गरी समाचार दिने गरेको मन्त्री बाँस्कोटाको भनाइ छ। संचारमाध्यमको नाम नलिए पनि मन्त्री बाँस्कोटाले त्यस्ता संचारमाध्यम ६ वटा रहेको र सरकारले नजिकबाट नियाली रहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...