News Portal

  • संचारमन्त्री गोकुल बाँस्कोटा भन्छन् – विप्लवलाई बल पुग्ने गरी समाचार लेखे कारबाही गर्छौ !

    हिमाली संचार संवाददाता
    ३८२ पटक

    काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले हिसांलाई प्रोत्साहन गर्ने समाचार प्रकाशन तथा प्रसारण गरे सरकारको घोषित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

    अर्धभूमिगत अवस्थामा विभिन्न गतिविधि गरिरहेको विप्लप समूहलाई बल पुग्ने गरी समाचार सम्प्रेषण नगर्न संचारमाध्यमहरू लाई अनुरोध गर्दै मन्त्री बाँस्कोटाले यस्तो चेतावनी दिएका हुन् ।

    हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण गर्ने संचारमाध्यम लाई प्रेस स्वतन्त्रतासँग नभई घोषीत कानुनअनुसार कारबाही गर्ने उनले चेतावनी दिए ।

    सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १८ औं स्थापना दिवसका अवसरमा काठमाडौँमा शनिबार भएको ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयक अन्तरक्रियामा मन्त्री भने, ‘हिंसा गर्नका लागि कसैले साथ सहयोग नगरौँ, हिंसालाई त्यो बाटो गलत हो भनेर संचारमाध्यमबाट अभिप्रेरित गर्नुपर्छ’, उनले भने, ‘सरकारले सङ्गठित हिंसा गर्न प्रतिबन्धित गरेको छ, त्यस्ता हिंसालाई बल पुग्ने गरी समाचार प्रकाशन, प्रसारण गर्ने संचारमाध्यमलाई कारबाही गर्दा प्रेस स्वतन्त्रता हनन् भएको मान्ने कि नमान्ने ?

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि केही संचारमाध्यमले विप्लवका गतिविधिलाई बल पुग्ने गरी समाचार दिने गरेको मन्त्री बाँस्कोटाको भनाइ छ। संचारमाध्यमको नाम नलिए पनि मन्त्री बाँस्कोटाले त्यस्ता संचारमाध्यम ६ वटा रहेको र सरकारले नजिकबाट नियाली रहेको जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...