News Portal

निर्मला पन्त प्रकरण : निलम्बित डिएसपी जिसीको बयान मंगलबार

हिमाली संचार संवाददाता
४७९ पटक

ईश्वर दत्त बडू,
चैत ११, कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्त प्रकरणमा मुछिएका केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका डिएसपी अंगुर जिसीको बयान शुरु भएको छ । सोमबार बिहान अदालतमा उपस्थित भएका डिएसपी जिसीको बयान शुरु भएको हो ।

उनी सहित आठ प्रहरी बिरुद्ध निर्मला पन्तकी आमा दुर्गादेवि पन्तले सार्वजनिक न्याय कसुर र ४ भदौँमा सार्वजनिक गरिएका दिलिपका दाजु खडक सिह विष्टले यातना बिरुद्धमा दायर गरेको मुद्दा लागेका पुर्व डिएसपी जिसी सोमबार दिउँसो ११ बजेतिर आफै जिल्ला आदालत कञ्चनपुरमा उपस्थित भएका थिए ।

जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जिल्ला न्यायाधिश डा. राजेन्द्र कुमार आचार्यको उपस्थितिमा बयान गरिएको बताए । ‘आज बयान सकिएन, ‘श्रेस्तेदार अवस्थीले भने, ‘हामीले जिसीलाई प्रहरीको जिम्मा लगाएका छौँ ।’ मंगलबार बिहान १० बजे आदालतमा उपस्थित गराउने हिसाबले जिसी प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...