News Portal

सिरियामा आईएस पूर्णरूपमा पराजित’

हिमाली संचार संवाददाता
४४१ पटक

इस्लामिक स्टेट (आईएस) जिआदी समूहले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले शनिबार बताएको छ ।

आइएसलाई पराजित गरेसँजगै सिरियाली कुर्द टेलिभिजनले अमेरिका समर्थित फौजले आईएसबाट जफत गरेको भवनको माथि पहेँलो झण्डा फहराइरहेको देखाएको छ । योसँगै आईएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था ‘क्यालिफेट’को अन्त्य भएको एसडिएफले जनाएको छ ।

एसडीएफ प्रवक्ता किनो गाब्रियलले भने, “सिरियाबाट आईएस पूर्ण रूपमा पराजित भएको छ ।”

उनले भने, “एसडिएफसँगको युद्धमा बागुजमा शुरूदेखि अन्तिमसम्म जम्मा एक हजार ६०० आइएस नेता तथा लडाकू मारिएका छन् भने २५ हजार एसडिएफको कब्जामा आएका छन् ।” यसैगरी आइएसको आक्रमणमा परी आफ्नोतर्फ मात्रै ८२ जना एसडिएफ लडाकू मारिएका र ६१ जना घाइते भएको बताइएको छ ।

आइएसविरूद्धको अन्तिम लडाइ उसको नियन्त्रणमा रहेको बागुज इलाकालाई लक्षित गरी मार्चको शुरूमा आक्रमण थालिएको उहाँले बताउनुभयो । गाब्रियलले भन्नुभयो, “उक्त क्षेत्रमा धेरै सङ्ख्यामा सर्वसाधारण पनि भवन, सुरुङ र टेन्टहरूमा रहेको कुरा बाहिर आएपछि गठबन्धन आफ्ना कारबाहीहरू मत्थर पार्न बाध्य भएको थियो ।”

“तथाकथित क्यालिफेट पूर्ण रूपमा अन्त्य भएको र आईएस समूह १०० प्रतिशत पराजित भएकोे छ,“ एसडीएफ सञ्चार प्रमुख मुस्तफा बालीले ट्वीटमार्फत जानकारी गराएका छन् । “यो अनुपम दिनमा हामी यो जित सम्भव पार्न प्रयास गर्ने हजारौँ शहिदहरूलाई श्रद्धाञ्जलि दिन चाहन्छौँ।“

सन् २००३ मा अमेरिकी नेतृत्वले इराकमा गरेको आक्रमणपछि इराकमा अल–कायदाबाट छुट्टिएर आईएस बनेको थियो ।

उक्त समूह सन् २०११ मा सिरियाका राष्ट्रपति बशर अल–असदविरुद्धको विद्रोही समूहसँग संलग्न भएको थियो ।

सन् २०१४ सम्ममा उसले दुवै देशको ठूलो भूभाग कब्जा गरी आइएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था “क्यालिफेट“ को घोषणा गरेको थियो ।

इराकी सरकारले सन् २०१७ मा नै आईएस लडाकुहरूविरुद्ध जीतको घोषणा गरिसकेको थियो ।

तर उक्त समूह पुरै निमिट्यान्न भएको छैन । अमेरिकी अधिकारीहरूका अनुसार आईएससँग १५ हजारदेखि २० हजारसम्म हतियारसहितका समर्थकहरू अझै बाँकि रहेका छन् । तर ती मध्ये अधिकांश लामो समयदेखि निस्क्रिय रहिआएका छन् ।

यद्यपि उनीहरूले आइएसको सहयोगका लागि गोप्य रूपमा काम गर्दै आएका हुनसक्ने एसडिएफको अनुमान छ । उनीहरू आफ्नो आधार क्षेत्र पुनः निर्माण गर्ने प्रयासमा ती इलाकामा फेरि फर्किने अमेरिकी अधिकारीहरूको बुझाइ छ ।

बगुजमा हार सन्निकट भए पनि आईएसले आफ्ना प्रवक्ता अबु हसन अल मुहाजिरको आवाज भएको भनिएको एउटा श्रव्य सामग्री सार्वजनिक गरेको छ । उक्त श्रव्य सामग्रीमा क्यालिफेट अन्त्य नभएको दावी गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई...

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...