News Portal

३५ बर्षिय वडाध्यक्षले भित्र्याए उमेर नपुगेकी बालिका, अख्तियारमा उजुरी

हिमाली संचार संवाददाता
४६६ पटक

विराट अनुपम
चैत्र ९, इटहरी : खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेशकुमार राउतले बालविवाह गरेका छन्। उनले बालविवाह गरेको उजुरी इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा परेको छ।

वडामा भएका विभिन्न भ्रष्टाचारका विषयमा परेको उजुरीमा बालविवाहको कुरा पनि समेटिएको छ। ०५८ साल चैत २७  गते जन्मिएकी खोटाङकी एक किशोरीसँग ३५ वर्ष माथिका वडाध्यक्ष राउतले बालविवाह गरेको हुन।

स्थानीय पन्जिकारिको कार्यालयमा २०५९ चैत १ गते गरिएको जन्मदर्ता तथा बालिकाको विद्यालयको प्रवेश परीक्षापत्रमा समेत २०५८ चैत २७ गतेकै जन्म मिति देखिएको छ। मुलुकी देवानी संहिता २०७४ अनुसार गैरकानुनी हुनेगरि २० वर्ष भन्दा कम उमेरकी बालिकालाई राउतले मागी विवाह गरेका हुन।

उनले २०७५ श्रावणमा विवाह गरेका थिए। विवाहको महिना बालिकाको उमेर १७ वर्ष पनि पुगेको देखिँदैन। १६ वर्ष ४ महिना हाराहारी मात्रै भएको अवस्थामा बालिकालाई वडाध्यक्ष राउतले विवाह गरेका हुन्। नगरपालिकाको कानुनी मस्यौदा संयोजकसमेत रहेका वडाध्यक्ष राउतले आफै कानुनको खिल्ली उडाउँदै बाल विवाह गरेका हुन।

यस्तो छ बाल विवाह गर्नेलाई कानुनी कारबाही !

नेपालमा २०७५ भदौ १ गतेबाट नयाँ कानुन बनेको छ। ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ सोही दिनबाट लागु भएको हो। संसद्ले श्रावण २६ गते पारित गरेको संहिता भदौ १ बाट लागु भएको हो।राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले विक्रम संवत् १९१० मा बनाएको ‘मुलुकी ऐन’ प्रतिस्थापन गरेर बनेको नयाँ मुलुकी संहिताले बाल विवाह गैर कानुनी मानेको छ।

नयाँ मुलुकी संहिता अनुसार विवाहको उमेर २० वर्ष तोकेको छ। मुलुकी ऐन लागु भएको समयमा विवाह गर्दा महिलालाई १८ वर्ष र पुरुषलाई २० वर्षको न्यूनतम उमेर हुँदा विवाह गर्न पाउने व्यवस्था थियो। कानुन नमान्नेलाई कारबाहीको व्यवस्था थियो। तर, नयाँ मुलुकी संहिताले भने विवाह नै बदर सम्मको अधिकार राखेको बताउँछन् यही कानुन निर्माण सक्रिय भएका पूर्व सांसद रेवती रमण भण्डारी।

भण्डारीका अनुसार अहिले २० भन्दा कम उमेरमा बिहे गराउनेलाई तीन वर्ष सम्म कैद र ३० हजार रुपैयाँ सम्मको जरिवानाको व्यवस्था रहेको छ भने विवाह स्वतः बदर हुनेछ। यस्तैगरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७२ को उपदफा ३ (ख) बमोजिमत बालविवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउनेलाइ ७५ हजार रुपैयाँसम्म जरिबाना र ३ वर्षसम्मको कैद सजाय छ।

कारबाही हुन्छ : मेयर राई

हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले भने आफूलाई वडा नम्बर ६ का अध्यक्ष रमेशकुमार राउतले बाल विवाह गरेको बारेमा कुनै जानकारी नआएको बताए। मलाई बाल विवाह भएको बारेमा कुनै लिखित मौखिक जानकारी आएको छैन’, मेयर राईले नेपाल समयसँग भने, ‘बाल विवाह नै भएको हो भने स्थानीय सरकारले गर्न सक्ने कारबाही गर्नेछौँ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...