News Portal

३५ बर्षिय वडाध्यक्षले भित्र्याए उमेर नपुगेकी बालिका, अख्तियारमा उजुरी

हिमाली संचार संवाददाता
४७९ पटक

विराट अनुपम
चैत्र ९, इटहरी : खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेशकुमार राउतले बालविवाह गरेका छन्। उनले बालविवाह गरेको उजुरी इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा परेको छ।

वडामा भएका विभिन्न भ्रष्टाचारका विषयमा परेको उजुरीमा बालविवाहको कुरा पनि समेटिएको छ। ०५८ साल चैत २७  गते जन्मिएकी खोटाङकी एक किशोरीसँग ३५ वर्ष माथिका वडाध्यक्ष राउतले बालविवाह गरेको हुन।

स्थानीय पन्जिकारिको कार्यालयमा २०५९ चैत १ गते गरिएको जन्मदर्ता तथा बालिकाको विद्यालयको प्रवेश परीक्षापत्रमा समेत २०५८ चैत २७ गतेकै जन्म मिति देखिएको छ। मुलुकी देवानी संहिता २०७४ अनुसार गैरकानुनी हुनेगरि २० वर्ष भन्दा कम उमेरकी बालिकालाई राउतले मागी विवाह गरेका हुन।

उनले २०७५ श्रावणमा विवाह गरेका थिए। विवाहको महिना बालिकाको उमेर १७ वर्ष पनि पुगेको देखिँदैन। १६ वर्ष ४ महिना हाराहारी मात्रै भएको अवस्थामा बालिकालाई वडाध्यक्ष राउतले विवाह गरेका हुन्। नगरपालिकाको कानुनी मस्यौदा संयोजकसमेत रहेका वडाध्यक्ष राउतले आफै कानुनको खिल्ली उडाउँदै बाल विवाह गरेका हुन।

यस्तो छ बाल विवाह गर्नेलाई कानुनी कारबाही !

नेपालमा २०७५ भदौ १ गतेबाट नयाँ कानुन बनेको छ। ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ सोही दिनबाट लागु भएको हो। संसद्ले श्रावण २६ गते पारित गरेको संहिता भदौ १ बाट लागु भएको हो।राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले विक्रम संवत् १९१० मा बनाएको ‘मुलुकी ऐन’ प्रतिस्थापन गरेर बनेको नयाँ मुलुकी संहिताले बाल विवाह गैर कानुनी मानेको छ।

नयाँ मुलुकी संहिता अनुसार विवाहको उमेर २० वर्ष तोकेको छ। मुलुकी ऐन लागु भएको समयमा विवाह गर्दा महिलालाई १८ वर्ष र पुरुषलाई २० वर्षको न्यूनतम उमेर हुँदा विवाह गर्न पाउने व्यवस्था थियो। कानुन नमान्नेलाई कारबाहीको व्यवस्था थियो। तर, नयाँ मुलुकी संहिताले भने विवाह नै बदर सम्मको अधिकार राखेको बताउँछन् यही कानुन निर्माण सक्रिय भएका पूर्व सांसद रेवती रमण भण्डारी।

भण्डारीका अनुसार अहिले २० भन्दा कम उमेरमा बिहे गराउनेलाई तीन वर्ष सम्म कैद र ३० हजार रुपैयाँ सम्मको जरिवानाको व्यवस्था रहेको छ भने विवाह स्वतः बदर हुनेछ। यस्तैगरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७२ को उपदफा ३ (ख) बमोजिमत बालविवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउनेलाइ ७५ हजार रुपैयाँसम्म जरिबाना र ३ वर्षसम्मको कैद सजाय छ।

कारबाही हुन्छ : मेयर राई

हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले भने आफूलाई वडा नम्बर ६ का अध्यक्ष रमेशकुमार राउतले बाल विवाह गरेको बारेमा कुनै जानकारी नआएको बताए। मलाई बाल विवाह भएको बारेमा कुनै लिखित मौखिक जानकारी आएको छैन’, मेयर राईले नेपाल समयसँग भने, ‘बाल विवाह नै भएको हो भने स्थानीय सरकारले गर्न सक्ने कारबाही गर्नेछौँ।

प्रतिकृया दिनुहोस्

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...