News Portal

सरकारले जनताको हितमा काम गरेको छैन : भिष्मराज आङ्गदेम्बे

हिमाली संचार संवाददाता
४३७ पटक

दमक, ९ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्गदेम्बेले दुई तिहाईको कम्यूनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।

आज झापाको दमकमा नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै नेता आङ्गदेम्बेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीले जनताको उपलव्धिलाई संस्थागत गर्न नसकेको दावी गर्नुभयो ।

सरकार एकदलीय ढंगले अगाडी बढेको दावी गर्दे उहाँले प्रतिपक्षलाई दमन गरेर सरकार अगाडी बढे कांग्रेस सडकदेखि सदनसम्म आन्दोलित हुने बताउनुभयो । उहाँले अहिलेको सरकार यहि ढंगका साथ प्रस्तुत भईरहे जनताका उपलव्धिहरु कहिल्यै संस्थागत हुन नसक्ने ठोकुवा गर्नुभयो ।

नेता आङ्गदेम्बेले पार्टी भित्र देखिएको अनुशासनहिनताले पार्टी संगठन कमजोर भएकाले अव पार्टी भित्र अनुशासन मजवुत बनाउने प्रतिवद्धता गर्नुभयो । एकसाता अघि पार्टीले अनुशासन समितिको संयोजकको जिम्मेवारी दिएपछि पहिलो पटक दमकमा आउनुभएका उहाँले पार्टीमा अनुशासनको पद्धति बसाउन आफूले सवैको सहमति,सहकार्यका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो ।

यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रममा पूर्व सांसद विश्वदिप लिङ्गदेन, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी,नगर सभापति रोशन विष्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...