News Portal

सरकारले जनताको हितमा काम गरेको छैन : भिष्मराज आङ्गदेम्बे

हिमाली संचार संवाददाता
५०१ पटक

दमक, ९ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्गदेम्बेले दुई तिहाईको कम्यूनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।

आज झापाको दमकमा नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै नेता आङ्गदेम्बेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीले जनताको उपलव्धिलाई संस्थागत गर्न नसकेको दावी गर्नुभयो ।

सरकार एकदलीय ढंगले अगाडी बढेको दावी गर्दे उहाँले प्रतिपक्षलाई दमन गरेर सरकार अगाडी बढे कांग्रेस सडकदेखि सदनसम्म आन्दोलित हुने बताउनुभयो । उहाँले अहिलेको सरकार यहि ढंगका साथ प्रस्तुत भईरहे जनताका उपलव्धिहरु कहिल्यै संस्थागत हुन नसक्ने ठोकुवा गर्नुभयो ।

नेता आङ्गदेम्बेले पार्टी भित्र देखिएको अनुशासनहिनताले पार्टी संगठन कमजोर भएकाले अव पार्टी भित्र अनुशासन मजवुत बनाउने प्रतिवद्धता गर्नुभयो । एकसाता अघि पार्टीले अनुशासन समितिको संयोजकको जिम्मेवारी दिएपछि पहिलो पटक दमकमा आउनुभएका उहाँले पार्टीमा अनुशासनको पद्धति बसाउन आफूले सवैको सहमति,सहकार्यका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो ।

यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रममा पूर्व सांसद विश्वदिप लिङ्गदेन, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी,नगर सभापति रोशन विष्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...