News Portal

राप्रपा अध्यक्ष थापाले मनोनित गरे ३२ केन्द्रीय सदस्य (नामावली सहित)

हिमाली संचार संवाददाता
३८२ पटक

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले ३२ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । पार्टी अध्यक्ष कमल थापाले शुक्रबार १४ जना आमन्त्रित सदस्यसहित ३२ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेका हुन् ।

सो पार्टीले काठमाडौं, बाँके र नुवाकोटबाट ३–३ जनालाई मनोनित गरेको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

काठमाडौंबाट दिलिपबहादुर बस्नेत, प्रबल शम्शेर जबरा र सम्झना अधिकारी मनोनित भएका छन् । जबरा र अधिकारी आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । त्यस्तै भक्तपुरबाट सुरेन्द्र केसी मनोनित भएका छन् ।

त्यस्तै सो पार्टीले बाँकेबाट ३ केन्द्रीय सदस्य मनोनित गरेको छ । बाँकेबाट रमेश अर्याल, खेमराज गौतम र सलाउद्धिन जसगढ मनोनित भएका छन् भने नुवाकोटबाट पनि ३ जनालाई मनोनित गरेको छ । नुवाकोटबाट मनोनित हुनेहरुमा दिपककुमार राई, मधु रिसाल र नरेन्द्रप्रसाद फुयाल रहेका छन् ।

मनोनित अन्य केन्द्रीय सदस्यको नाम विज्ञप्तिमा हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...