News Portal

आज २०७५ साल चैत ८ गते, सन २०१९ मार्च २२ तारीख शुक्रबारको राशिफल

हिमाली संचार संवाददाता
४२३ पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नोकारीमा समस्या आउनेछ,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ, व्यापारमा संकट आउने,यात्रामा अवरोध हुने,आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानी को दिगो स्रोत जुट्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)

समस्याहरू धेरै आउनेछन मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछ, आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यात्रामा समस्या आउने,कार्यस्थलको स्वरूपअनुरूप पहिरनमा ध्यान दिनुहोला,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला,पढाईमा सोचे जत्तिकै उन्नति हुनेछ,व्यापारमा अवरोध आउने,आजको शुभ अंक ११ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ, गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ, जीवनसाथीसँग ठाकठुक परे पनि परिवारका ज्येष्ठ सदस्यको भूमिकामा विवाद मत्थर हुनेछ,राज्यबाट सम्मान हुने,आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,परिवारका सदस्यहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ, नोकारीमा समस्या आउनेछ, स्थानान्तरण हुने,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पतिपत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,गाँस्नेहरूले सताउन सक्छ,विश्वास गुम्ने सम्भावना छ, झुटाआरोप पनि लाग्नेछन्,नोकरीमा पटक पटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सृर्जनाहोला,आजको शुभ अंक १० रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)

उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,कर्म योगका थप बाटाहरू खुल्नेछन्, पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,आजको शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रतिस्पर्धीहरूले काममा तगारो लगाउने प्रयास गरे पनि विफल हुनेछन्,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, केही अनियन्त्रित खर्च पनि हुनेछ,चोटपटक लाग्ने र सानातिना समस्याले सताउने समय छ, आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ,आजको शुभ अंक १रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

गोपनीयतामा ध्यान दिनुहोला,बलजफ्ती काम गर्दा थप समस्या आउन सक्छन्, ब्रह्म मुहूर्तमा भगवानको स्मरण,योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, सचेत रहनुहोस,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,आजको शुभ अंक १२ रहेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...