News Portal

  • पत्रकार कर्ण विश्वकर्मा पक्राउको महासंघको आपत्ति !

    हिमाली संचार संवाददाता
    ४२१ पटक

    चैत ७, कालिकोट : कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

    बिहीवार प्रहरीले कालिकोटस्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको थियो । महासंघका महासचिव रमेश विष्टद्वारा जारी बिज्ञप्तीमा भनिएको छ – कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो ।

    महासंघ पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको भत्र्सना गर्दछ । साथै पक्राउ परेका पत्रकारको बिनासर्त तत्काल रिहाई गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

    https://www.facebook.com/237321416310983/posts/2272712179438553/

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...