News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • फेरि रोक्यो भारतीय भन्सारले १४० ट्याङ्कर

    हिमाली संचार संवाददाता
    ४२४ पटक

    काशीराम शर्मा
    नेपालगन्ज : भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ ।

    अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिए ।

    उनले फलफूल र तरकारी गाडी कागजी प्रक्रिया मिलाएर छोड्ने सहमति भए पनि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भने अनलाइन सेवा सञ्चालन नभएसम्म नेपाल आउने सम्भावना नरहेको बताए । उनले भने ‘हामीले हिजोदेखि भारतीय भन्सारसँग समन्वय गरिरहेका छौं । सर्भरमा समस्या देखिएकोले बनाइरहेको जानकारी पाइरहेका छौं ।’ भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा अवरोध गर्दै आएको उनले जानकारी दिए ।

    १० लाख रुपैयाँभन्दा बढी इनभ्वाइसको सामानलाई भन्सार क्लियर गराउन भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्ने बाध्यता भारतीय कर्मचारीले देखाएका छन् ।

    भन्सारका डेपुटी कमिसनरको कार्यालय लखनउमा भएका कारण अनुमति लिन समस्या भइरहेको र कागजी प्रक्रियाबाट ट्याङ्कर छोड्नकै लागि पनि समय लाग्ने भारतीय भन्सारका कर्मचारीले बताएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत केसीले बताए ।

    पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भित्र्याउन पहल भइरहेको जानकारी दिँदै नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिशेखकुमार ठाकुरले भने, ‘ट्याङ्कर नेपाल भित्र्याउन हामीले निरन्तर पहल गरिरहेका छौँ ।

    उनका अनुसार नेपाल आयल निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण छ । ट्याङ्कर भित्र्याउन वैकल्पिक उपायका बारेमा छलफल भइरहेको बताइएको छ । (रासस)

    प्रतिकृया दिनुहोस्

    शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा : शिक्षक आन्दोलनको चर्को दबाबबीच जिम्मेवारीबाट अलग

    काठमाडाैं, वैशाख ८ – लामो समयदेखि शिक्षक आन्दोलनको घेराबन्दीमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः पदबाट...

    भन्सार प्रणालीमाथि प्रश्न: बारम्बार राजस्व छली, प्रहरी सतर्क–प्रशासन लापरवाह

    रूपन्देही, वैशाख ८ – कृष्णनगर भन्सार नाकाबाट नेपाल भित्रिने ट्रकहरूबाट पटक–पटक राजस्व छली भइरहँदा पनि...

    प्रधानमन्त्री ओलीको आग्रह : “शिक्षकका जायज माग सुन्न सरकार तयार छ, वार्ताबाट समाधान खोजौं”

    काठमाडौं, वैशाख ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्ताको टेबलमा आउन आह्वान...

    ताप्लेजुङमा गाडीमा आगलागी हुँदा ४ जनाको ज्यान गयो, दुई जना घाइते

    ताप्लेजुङ, वैशाख ८ — ताप्लेजुङस्थित पाथिभरा मन्दिर जाँदै गरेको एक यात्रुबाहक गाडीमा विद्युतको तार खस्दा...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको सुनुवाइ स्थगित

    काठमाडौं, वैशाख ८ – गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...