News Portal

प्रधानमन्त्रीले गायत्री मन्त्र सुनाएपछि विप्लव र भीम रावललाई गाली

हिमाली संचार संवाददाता
४५० पटक

काठमाडौं, ७ चैत : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मका लागि जनमत संग्रहमा जान सकिने भन्दै हिन्दुधर्मप्रति मोह प्रकट गरेपछि डा. कोइरालाको भनाइले मिडियामा चर्चा पाएको छ । तर, नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई हिन्दु सभ्यताबारे मन्तव्य दिएको विषयचाहिँ चर्चामा आएको छैन ।

नेकपाका अध्यक्ष प्रचण्ड अमेरिका उड्ने दिन आइतबार बिराटनगरमा नेकपाको प्रदेश १ कमिटीको पहिलो बैठक एवं सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका महामन्त्री विष्णु पौडेल विशिष्ट अतिथिका रुपमा सहभागी भएका थिए ।

पार्टी एकता भएपछि प्रदेशस्तरमा भएको यो पहिलो औपचारिक संयुक्त बैठक हो । प्रदेश १ अन्तरगत प्रदेश कमिटीको यो बैठकमा २०५ जना प्रदेश कमिटी सदस्यलाई सपथ ग्रहणसमेत गराइएको थियो । संयुक्त प्रदेश कमिटीका पूर्वमाओवादीका तर्फबाट ९५ जना र पूर्वएमालेका तर्फबाट ११० जना परेका छन् ।

प्रदेश कमिटीको बैठकमा सम्वोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणको प्रारम्भ प्रदेश १ मा रहेका धार्मिक स्थलहरुको वर्णनबाट सुरु गरे । प्रदेश १ पूर्वीय सभ्यताको उदगमस्थल रहेको प्रधानमन्त्री ओलीले बताए । उनले यो सभ्यताबारे गहिरो अध्ययन गर्न समेत कार्यकर्ताहरुलाई सुझाए ।

नेकपाको बैठकमा प्रधानमन्त्री ओलीले पवित्र धार्मिकस्थल बराहक्षेत्रदेखि पाथीभरासम्मको नाम लिए । साथै उनले ओम भूर्भवस्वः गायत्री मन्त्रीसमेत वाचन गरेर भने,’यो गायत्री मन्त्री बराहक्षेत्रमै देखिएको हो ।

प्रधानमन्त्री ओलीले शास्त्रीय मार्क्सवाद भन्दा आजको समयअनुसार चल्न सक्ने मार्क्सवादको उपयोग गर्नुपर्नेमा जोड दिँदै एक नम्बर प्रदेशको धार्मिक एवं ऐतिहासिकताको चर्चा गरेका थिए ।
कम्युनिष्ट पार्टीको बैठकमा अध्यक्ष ओलीले गायत्री मन्त्र सुनाउन थालेपछि कतिपय कार्यकर्ताहरुले खासखुस समेत गरेका थिए ।

बैठकमा सहभागी नेकपाका कार्यकर्ताका अनुसार अध्यक्ष ओलीले समसामयिक राजनीति एवं पाटीृको भावी नीति र योजनाका बारेमा स्पष्ट पार्लान् भन्ने धेरैलाई लागेको थियो । तर, उनले हिन्दु सभ्यताबाट भाषण सुरु गरेर आफ्ना आलोचकहरुलाई गाली गर्दै मन्तव्य टुंग्याएपछि कार्यकर्ताहरु निराश बने ।

बैठक स्थलमा पूर्वमाओवादीका कार्यकर्ताले खासखुस गरेको सुनिन्थ्यो, ‘कमसेकम प्रचण्ड आएका भए केही राजनीतिक कुरा त सुन्न पाइन्थ्यो कि ?

प्रधानमन्त्री ओलीले गायत्रीको महिमा र हिन्दु तीर्थस्थलहरुको चर्चा गरिसकेपछि केही बेर विप्लव समूहलाई गाली गरे । उनीहरुको काम गर्ने तौरतरिका डाकाको जस्तै भएको भन्दै जहाँ पैसा छ, त्यतै नजर लगाउनु डाकाकै तरिका भएको प्रधानमन्त्रीले नेकपाको बैठकमा बताए ।

विप्लवलाई गाली गरेर भ्याएपछि ओलीले नाम नलिइकन भीम रावल लगायतका पार्टीभित्रका असन्तुष्ट पक्षलाई आलोचना गरे । सिके राउतलाई आफूले राष्ट्रिय राजनीतिको मूल मूल धारमा ल्याएर ऐतिहासिक काम गर्दै आफ्नै पार्टीभित्रका साथीहरुले कोकोहोलो मच्चाएको प्रधानमन्त्रीले गुनासो पोखे ।

प्रधानमन्त्री ओलीले नेकपा प्रदेश कमिटीका सदस्यहरुलाई कुशल संगठक, सही विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिए । उनले सामाजिक चेतना र विकास निर्माणका अभियन्ताका रुपमा सफलता मिलोस् भन्ने शुभकामना दिए ।

बैठकमा ओलीले अहिलेको सरकारलाई जनताले दुई तिहाई वहुमत दिएको हुनाले यो सरकार नै जनसरकार भएको बताउँदै आउँदो चुनावमा दुई तिहाई भन्दा बढी मतसहितको सरकार बनाउने दाबी गरेका थिए ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...