News Portal

जुम्लाका विद्यार्थीलाई समयमा पुस्तक आइनपुग्दा समस्या

हिमाली संचार संवाददाता
४९१ पटक

सिञ्जा : चन्दननाथ गुरुकुल पाठशाला जुम्लामा पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई समस्या भएको छ । समयमै पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरुले राम्रोसँग पढ्न नपाएको प्रध्यानाध्यापक विश्वराज उपाध्यायले बताउनुभयो ।

पाठशालाका विद्यार्थीहरुले हरेक वर्ष यस्तै समस्या भोग्दै आएको उहाँको भनाइ थियो । अहिले पाठशालामा नेपाली, सिर्जनात्मक, संस्कृत, व्याकरण गरी चार विषयमा अध्यापन भइरहेको पाठशालाले जनाएको छ ।

यता पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका पुरुषोत्तम घिमिरेले पाठशालाले लिखितरूपमा पत्र पठाइदिए पाठ्यपुस्तक उपलब्ध गराउन सकिने जानकारी दिनुभयो । स्थानीय निकायको सिफारिसका आधारमा पनि पाठ्यपुस्तक उपलब्ध गराउन सकिने उहाँको भनाइ छ ।

पाठशालामा आवश्यक शिक्षकको दरबन्दी तथा आर्थिक स्रोत न्यून भएको प्रधानाध्यापक उपाध्यायले बताउनुभयो । पुराना २८ छात्रा र १८ छात्र तथा नयाँ भर्ना भएका १२ गरी हाल कूल ५८ विद्यार्थीले पढ्दै आइरहेको उपाध्यायले जानकारी दिनुभयो ।

विसं २०४१ बाट साविकको कार्तिकस्वामी गाविस र हालको चन्दननाथ नगरपालिका–१० बोहोरागाउँमा सञ्चालन भएको उक्त पाठशालामा १० वर्षे द्वन्द्वका बेला पठनपाठन बन्द भएको थियो ।

विस्तृत शान्ति सम्झौतापछि २०६९ सालमा शान्ति सुरक्षा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय नजिकै चन्दननाथ भैरवनाथ मन्दिरको काखमा पाठशाला सारिएको प्रध्यानाध्यापक उपाध्यायले जानकारी दिनुभयो। (रासस)

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...