News Portal

सल्यानमा ट्याक्टर दुर्घटना हुदाँ २ घाईते, लाईसेन्स विना सवारी चलाउने २१ युवा कारवाहिमा

हिमाली संचार संवाददाता
५३६ पटक
दुर्गा बिसि, सल्लिबजार

चैत ६, सल्यान : बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर १ वस्नेउरामा रा १ त १८२० नम्बरको ट्याक्टर दुर्घटना हुदाँ २ जना घाईते भएका छन् । नगरको वडा ७ लेखसँग्रहि देखि सल्लीवजार आउँदै गर्दा वस्नेउरा मोडमा ट्याक्टर दुर्घटना हुदाँ सिम्ता साविक खानीखोला ७ का पतीराम कामी र कोहलपुर ११ की लक्ष्मी थापा घाईते भएकी छन् ।

घाईते दुवै जनाको उपचार जनवन्धु पोलिकील्नीक सल्लीवजारमा भैरहेको छ । ट्याक्टर सडक देखि तल साँद्धघुरो खोल्सामा खसेको छ भने ट्याक्टर चालक फरार रहेका छन् । तिव्रगतीमा रहेकोले साँघुरोमा मोडमा ट्याक्टर पल्टीएको घाईतेले जनाएका छन् । सल्लीवजार आसपासका क्षेत्रमा सडक दुर्घटनाका संख्यामा दिनानुदिन वृद्धि हुन थालेको छ ।

आज मात्रै इलाका प्रहरी कार्यलय सल्लीवजारले मापेस चेकजाँच र विना लाईसिन्स गाडि चलाउने २१ जना युवालाई कारवाहि गरेको छ । होलिको समय भएकोले विना लाईसिन्स सवारी चलाउनेलाई कारवाहि गरेको ईलाका प्रहरी कार्यलय सल्लीले जनाएको छ ।

सल्लीवजारमा क्षेत्रमा विना लाईसिन्स सवारी चलाउने युवाहरु वढि भेटिन्छन् । अधिकांस सवारी चालकहरुको लाईसिन्स विनै सवारि हुकाई रहेका हुन्छन् । भखरका युवाहरु तिव्र गतिमा वजारमा मोटरसाईकिल हुईकाउने भएकाले कुनै दिन ठुलै दुर्घटना निम्त्याउने स्थानीयको भनाई छ ।

सल्लीवजारमा प्रहरीलाई समेत अटेर गरेर सडकै विचमा गाडिहरु पार्किङ गरेको देखिन्छ । अत्यधिक सवारीको चाप समेत वढिरहेको यो क्षेत्रमा भने ट्राफिक व्यवस्थापन खासै नभएको भेटिन्छ । दिन प्रतिदिन यो क्षेत्रमा दुर्घटना वढिरहेको छ। नगरपालिकाले टाँगेको पार्किङ निषेद लेखेको होडिङ वोर्ड क्षेत्रमा गाडिहरुको पार्किङ्क गरेको पाईन्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...