News Portal

सल्यानमा ट्याक्टर दुर्घटना हुदाँ २ घाईते, लाईसेन्स विना सवारी चलाउने २१ युवा कारवाहिमा

हिमाली संचार संवाददाता
५७७ पटक
दुर्गा बिसि, सल्लिबजार

चैत ६, सल्यान : बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर १ वस्नेउरामा रा १ त १८२० नम्बरको ट्याक्टर दुर्घटना हुदाँ २ जना घाईते भएका छन् । नगरको वडा ७ लेखसँग्रहि देखि सल्लीवजार आउँदै गर्दा वस्नेउरा मोडमा ट्याक्टर दुर्घटना हुदाँ सिम्ता साविक खानीखोला ७ का पतीराम कामी र कोहलपुर ११ की लक्ष्मी थापा घाईते भएकी छन् ।

घाईते दुवै जनाको उपचार जनवन्धु पोलिकील्नीक सल्लीवजारमा भैरहेको छ । ट्याक्टर सडक देखि तल साँद्धघुरो खोल्सामा खसेको छ भने ट्याक्टर चालक फरार रहेका छन् । तिव्रगतीमा रहेकोले साँघुरोमा मोडमा ट्याक्टर पल्टीएको घाईतेले जनाएका छन् । सल्लीवजार आसपासका क्षेत्रमा सडक दुर्घटनाका संख्यामा दिनानुदिन वृद्धि हुन थालेको छ ।

आज मात्रै इलाका प्रहरी कार्यलय सल्लीवजारले मापेस चेकजाँच र विना लाईसिन्स गाडि चलाउने २१ जना युवालाई कारवाहि गरेको छ । होलिको समय भएकोले विना लाईसिन्स सवारी चलाउनेलाई कारवाहि गरेको ईलाका प्रहरी कार्यलय सल्लीले जनाएको छ ।

सल्लीवजारमा क्षेत्रमा विना लाईसिन्स सवारी चलाउने युवाहरु वढि भेटिन्छन् । अधिकांस सवारी चालकहरुको लाईसिन्स विनै सवारि हुकाई रहेका हुन्छन् । भखरका युवाहरु तिव्र गतिमा वजारमा मोटरसाईकिल हुईकाउने भएकाले कुनै दिन ठुलै दुर्घटना निम्त्याउने स्थानीयको भनाई छ ।

सल्लीवजारमा प्रहरीलाई समेत अटेर गरेर सडकै विचमा गाडिहरु पार्किङ गरेको देखिन्छ । अत्यधिक सवारीको चाप समेत वढिरहेको यो क्षेत्रमा भने ट्राफिक व्यवस्थापन खासै नभएको भेटिन्छ । दिन प्रतिदिन यो क्षेत्रमा दुर्घटना वढिरहेको छ। नगरपालिकाले टाँगेको पार्किङ निषेद लेखेको होडिङ वोर्ड क्षेत्रमा गाडिहरुको पार्किङ्क गरेको पाईन्छ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...