News Portal

बारामा एक पुरुषको बेवारिसे शव फेला

हिमाली संचार संवाददाता
४९४ पटक

चैत ६, वीरगञ्ज : बाराको सुवर्ण गाउँपालिका-५ औरैया टोलमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । औरैयादेखि बहुअर्वा जाने सडक खण्डमा सुवर्ण गाउँपालिका वडा नम्बर-७ चौरहिया निवासी ५५ वर्षीय महम्मद गन्नी मियाँ ठकुराईको शव फेला परेको हो ।

औरैया निवासी अनुठा यादवको बाँस तथा आँपको बगैंचामा ठकुराईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया लगेको छ ।

इँटा भट्टामा काम गरेर घर फर्कने क्रममा उनको मृत्यु भएको हुन सक्ने आशंका गरिएको प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिए। उनका अनुसार ठकुराईको मृत्युको कारण भने अझै खुलेको छ । मृतक मियाँका ५ छोरा र १ छोरी छन् । घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...