News Portal

बारामा एक पुरुषको बेवारिसे शव फेला

हिमाली संचार संवाददाता
४५५ पटक

चैत ६, वीरगञ्ज : बाराको सुवर्ण गाउँपालिका-५ औरैया टोलमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । औरैयादेखि बहुअर्वा जाने सडक खण्डमा सुवर्ण गाउँपालिका वडा नम्बर-७ चौरहिया निवासी ५५ वर्षीय महम्मद गन्नी मियाँ ठकुराईको शव फेला परेको हो ।

औरैया निवासी अनुठा यादवको बाँस तथा आँपको बगैंचामा ठकुराईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया लगेको छ ।

इँटा भट्टामा काम गरेर घर फर्कने क्रममा उनको मृत्यु भएको हुन सक्ने आशंका गरिएको प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिए। उनका अनुसार ठकुराईको मृत्युको कारण भने अझै खुलेको छ । मृतक मियाँका ५ छोरा र १ छोरी छन् । घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...