News Portal

पत्रकारलाई विद्यार्थी नेत्रीको धम्की !

हिमाली संचार संवाददाता
५२८ पटक

मोरङ, पथरी : मोरङको पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने ३ जना पत्रकारलाई आफुलाई विद्यार्थी नेत्री मान्ने निता कुलुङ (राईले) धम्की दिएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट ३ जना पत्रकारलाई चुनौती नै दिएकी हुन् ।

राई आफ्नो फेसबुक वालमा “पथरीका ३ पत्रकारका नाममा” भनेर ५ अनुछेद लामो स्टाटस पोस्ट गरेकी छन् । उनले ३ जना पत्रकारहरुको नामभने उल्लेख गरेकी छैनन् । सो स्टाटसमा आफु विद्यार्थी नेता पथरी बहुमुखी क्याम्पसको स्ववियु उपसभापति भएको, राजनीतिक धरातलमा नेकपाको राजनीति गर्ने मान्छे भएको जस्ता कुराहरु उल्लेख गरेकी छन् । उनले हेर्दै जा तेरो हिसाब किताब गर्दैगर, म पनि यही ठाउँको पानी खाएको मान्छे हुँ भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेकी छन् । उनले १ हजार र १ गिलास रक्सीको भरमा प्रमाणित नहुने कुरा लेखिस भनेर पटकपटक तल्लो स्तरको भाषाशैली प्रयोग गरेकी छन् ।

राईको स्टाटस अनुसार गएको विहिबार अर्थात फागुन ३० गते किरात राई खेलकुद संघ मोरङले आयोजना गरेको जिल्ला स्तरीय प्रथम महिला भलिवल खेलका बारेमा आएको समाचारको विषयमा आक्रोसित भएको बुझिन्छ ।

यस्तो छ उनले लेखेको स्टाटस : 

सो खेल नियम विपरित भएको भनेर प्रदेश दैनिक लगायतका थुप्रै सञ्चाारमाध्यमहरुले समाचार प्रकाशन तथा प्रसारण गरेका थिए ।

स्ववियु उपुभापति समेत रहेकी राई खेल संयोजक पनि हुन् । राईले स्ववियुमा पनि स्ववियुको मर्यादा भन्दा पनि बाहिर रहेर स्वावियुलाई नै बद्नाम गर्ने काम गरेको भन्दै पदबाट निष्काशन गरेको पत्राचार समेत गरेको थियो ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11534

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...