News Portal

विप्लव कार्यकर्ता भन्छन् – सरकारको दमन खुलेरै प्रतिवाद गर्छौ !

हिमाली संचार संवाददाता
४७७ पटक

गुल्मी : नेत्रविक्रम चन्द (विप्लव) गुल्मी जिल्ला संगठनका कार्यकर्ताहरुले सरकारले आफ्नो पार्टीविरुद्ध सरकारले गर्ने दमनको खुलेरै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । सो पार्टीका गुल्मी जिल्ला जनसरकार प्रमुख प्रशान्त वरालले यस्तो चुनौती दिएका हुन् ।

तपाईहरु पहिला जस्तो सडकमा पनि देखिनुहुन्न्, सरकारले प्रतिबन्ध लगाएदेखि भूमिगत भएको हो र ? भन्ने प्रश्नमा बरालले  प्रतिप्रश्न गर्दै भने– ‘हामी किन भूमिगत हुने ? हामी सरकारले गर्ने जुनसुकै प्रकारको दमनविरुद्ध खुलेरै प्रतिवाद गर्न तयार छौं ।

तीन स्थानीय तहमा जनसरकार गठन !

गुल्मीका १२ वटा स्थानीय तहहरुमध्ये सो पार्टीले तीनवटा तहलाई आधार ईलाका बनाउँदै जनसरकार गठन गरेको जनाएको छ । बरालका अनुसार सो पार्टीले मालिका गाउँपालिका, धुर्कोट र सत्यवती गाउँपालिकालाई आधार ईलाका बनाउँदै ती स्थानीय तहमा जनसरकार गठन गरेको हो ।

९/९ सदस्यीय जनसरकार गठन गरि समानान्तर सरकारको भूमिकामा हामी छौं, जिल्ला जनसरकार प्रमुख बरालले भने– ‘ जुन–जुन कुरामा स्थानीय सरकारले कर उठाउँछ, हामी पनि तिनै निकायमा त्यतिनै कर उठाउँदै छौं ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...