News Portal

विप्लव कार्यकर्ता भन्छन् – सरकारको दमन खुलेरै प्रतिवाद गर्छौ !

हिमाली संचार संवाददाता
४४३ पटक

गुल्मी : नेत्रविक्रम चन्द (विप्लव) गुल्मी जिल्ला संगठनका कार्यकर्ताहरुले सरकारले आफ्नो पार्टीविरुद्ध सरकारले गर्ने दमनको खुलेरै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । सो पार्टीका गुल्मी जिल्ला जनसरकार प्रमुख प्रशान्त वरालले यस्तो चुनौती दिएका हुन् ।

तपाईहरु पहिला जस्तो सडकमा पनि देखिनुहुन्न्, सरकारले प्रतिबन्ध लगाएदेखि भूमिगत भएको हो र ? भन्ने प्रश्नमा बरालले  प्रतिप्रश्न गर्दै भने– ‘हामी किन भूमिगत हुने ? हामी सरकारले गर्ने जुनसुकै प्रकारको दमनविरुद्ध खुलेरै प्रतिवाद गर्न तयार छौं ।

तीन स्थानीय तहमा जनसरकार गठन !

गुल्मीका १२ वटा स्थानीय तहहरुमध्ये सो पार्टीले तीनवटा तहलाई आधार ईलाका बनाउँदै जनसरकार गठन गरेको जनाएको छ । बरालका अनुसार सो पार्टीले मालिका गाउँपालिका, धुर्कोट र सत्यवती गाउँपालिकालाई आधार ईलाका बनाउँदै ती स्थानीय तहमा जनसरकार गठन गरेको हो ।

९/९ सदस्यीय जनसरकार गठन गरि समानान्तर सरकारको भूमिकामा हामी छौं, जिल्ला जनसरकार प्रमुख बरालले भने– ‘ जुन–जुन कुरामा स्थानीय सरकारले कर उठाउँछ, हामी पनि तिनै निकायमा त्यतिनै कर उठाउँदै छौं ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...