News Portal

चितवनमा सवारी दुर्घटनामा फागुनभित्र ८ को मृत्यु, ३७ जना घाइते

हिमाली संचार संवाददाता
४५० पटक

चैत ५, चितवन : गएको फागुनमा जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा परी सात जना पुरुष र एक बालिकाले ज्यान गुमाएका छन् भने ३७ जना घाइते भए । २० जना गम्भीर घाइते बने ।

३३ दुर्घटना भएकोमा मोटरसाइकल दुर्घटना मात्रैं १४ वटा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चालु आर्थिक बर्षको आठ महिनामा भएका सवारी दुर्घटनामा सबैभन्दा बढी साउनमा २१ जनाले ज्यान गुमाएका थिए ।

फागुनसम्म भएका दुर्घटनामा ११० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चितवनमा प्रहरीले दुर्घटना न्युनिकरण गर्न विभिन्न उपाय अपनाएको जनाए पनि दुर्घटनामा कमी आउन सकेको छैन । सवारी साधानको थपिदो चापसँगै दुर्घटनाहरु बढेको प्रहरीले दावी गरेको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...