News Portal

निर्मला पन्त हत्या प्रकरण : एसपी विष्ट उपस्थित भए कञ्चनपुर अदालतमा

हिमाली संचार संवाददाता
४४० पटक

कन्चनपुर : बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा प्रमाण मेटाउन भूमिका खेलेको आरोप लागेका एसपी डिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन् । उपस्थित भएसँगै विष्टसँग बयान लिने काम भएको छ । बयान सकिएमा थुनछेक बहस हुने छ । अदालतमा उपस्थित विष्टले आफू फरार नभएको जिकीर गरेका छन् ।

आफैँ अदालत उपस्थित भएकाले यसलाई फरार भन्न नमिल्ने एसपी विष्टको प्रतिक्रिया छ । यसअघि एसपी विष्ट र डिएसपी अंगुर जिसीलाई ३५ दिन भित्र हाजिर हुन पत्र काटिएको थियो । निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा ‘यातना र सार्वजनिक न्याय बिरुद्धको कसुर’मा कञ्चनपुरमा कार्यरत तत्कालिन प्रहरी अधिकृतविरुद्ध मुद्दा परेको थियो ।

अभियोग लागेका तत्कालिन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काले जनही नौ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । प्रहरी निरीक्षक जगदिश भट्टले चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदले दुई लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...