News Portal

निर्मला पन्त हत्या प्रकरण : एसपी विष्ट उपस्थित भए कञ्चनपुर अदालतमा

हिमाली संचार संवाददाता
४०१ पटक

कन्चनपुर : बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा प्रमाण मेटाउन भूमिका खेलेको आरोप लागेका एसपी डिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन् । उपस्थित भएसँगै विष्टसँग बयान लिने काम भएको छ । बयान सकिएमा थुनछेक बहस हुने छ । अदालतमा उपस्थित विष्टले आफू फरार नभएको जिकीर गरेका छन् ।

आफैँ अदालत उपस्थित भएकाले यसलाई फरार भन्न नमिल्ने एसपी विष्टको प्रतिक्रिया छ । यसअघि एसपी विष्ट र डिएसपी अंगुर जिसीलाई ३५ दिन भित्र हाजिर हुन पत्र काटिएको थियो । निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा ‘यातना र सार्वजनिक न्याय बिरुद्धको कसुर’मा कञ्चनपुरमा कार्यरत तत्कालिन प्रहरी अधिकृतविरुद्ध मुद्दा परेको थियो ।

अभियोग लागेका तत्कालिन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काले जनही नौ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । प्रहरी निरीक्षक जगदिश भट्टले चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदले दुई लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...